एसइईको जग बलियो बनाऊ – Naya Bikalpa
September 24, 2025, Wednesday      Epaper

एसइईको जग बलियो बनाऊ

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक गरिएको नतिजा अनुसार परीक्षामा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
सार्वजनिक नतिजा अनुसार ४८ हजार १७७ जना विद्यार्थीले ३.६ देखि ४.० जिपिए ल्याएका छन् । त्यस्तै ३.२ देखि ३.६ जिपिए ल्याउने ८१ हजार ३८५ जना, २.८ देखि ३.२ जिपिए ल्याउने ८९ हजार १२४ जना, २.४ जिपिए देखि २.८ जिपिएसम्म ल्याउने ४८ हजार ४७९ जना, २ जिपिएदेखि २.४ जिपिए ल्याउने चार हजार १२६ जना र १.६ देखि २ जिपिए ल्याउने ८ जना विद्यार्थी वर्गीकृत भएका छन् । १२६ जना परीक्षार्थीको परीक्षा रद्ध गरिएको बोर्डले जनाएको छ । १ लाख ६७ हजार ५९७ विद्यार्थीको नतिजा अवर्गिकृत भएको छ ।

गत वर्षको एसइइमा ४८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । अनुत्तीर्णमध्ये अंग्रेजी, गणित र विज्ञान विषयमा अधिकांश रहेका थिए । एसइइको खस्कदो नतिजापछि गतवर्ष धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको २९ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले अंग्रेजी, गणित, विज्ञानलगायत मुख्य विषयमा केन्द्र सरकारका तर्फबाट अनलाइनका माध्यमबाट विशेष कक्षा चलाउन सम्बन्धित निकायलाई भनिसकेको जानकारी गराएका थिए ।

जतिवेला प्रधानमन्त्री ओलीले कक्षा दशको आउँदो एसइई परीक्षामा ७० प्रतिशतसम्म विद्यार्थी उत्तिर्ण हुने गरी देशभर अनलाइनबाट शिक्षा सञ्चालनको घोषणा गरेका थिए । प्रधानमन्त्रीको सो घोषणापछि प्रधानमन्त्री कार्यालयको एउटा टोली एम्बिसन गुरुको कक्षामा बढी भन्दा बढी विद्यार्थी सहभागी गराउन लागि परेको थियो ।

शुक्रबार सार्वजनिक नतिजामा प्रधानमन्त्रीले भनेजस्तो एसइइमा ७० प्रतिशत नै नभए पनि त्यसको हाराहारीमा करिब ६२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । प्रतिशतका हिसावले हेर्दा नतिजामा सुधार आएको देखिन्छ । तर समग्रमा नतिजा सुधारका लागि यति कुरा गरेर मात्र हुदैन । पहिलो कुरा त पुरानो पाठ्यक्रममा सुधार गर्नुपर्छ । यसका साथै, कतिपय विद्यालयमा विषयगत शिक्षकको उचित व्यवस्था छैन । त्यसकारण पहिलो काम विषयगत शिक्षकको कडाईका साथ व्यवस्था गर्नुपर्छ । यति गरेरमात्र नतिजामा सुधार ल्याउन सकिदैन । विषयगत शिक्षकको व्यवस्था गरेपछि कक्षा कोठाको सिकाई सुधारमा ध्यान दिनुपर्छ ।

त्यो भन्दा पनि महत्वपूर्ण कुरा शुरुदेखि नै विद्यार्थीको जग बलियो बनाउनु पर्छ । त्यसका लागि शिक्षामा लगानी महत्वपूर्ण कुरा हो । हरेक वर्ष शिक्षाविद्हरुले बार्षिक बजेटको कम्तिमा २० प्रतिशत शिक्षामा छुट्याउनु पर्ने दबाब दिदैं आएका छन् । तर पनि हिजो शेरबहादुर देउवा वा पुष्पकमल दाहालमात्र होइन, आज केपी ओली नेतृत्वको सरकारले पनि शिक्षामा पर्याप्त बजेट छुट्याउन कन्जुस्याई गरेका छन् । त्यसकारण गुणस्तर र नतिजा सुधारका लागि एसइइ परीक्षाको तयारीमा रहेका विद्यार्थीबाट होइन, जग बलियो बनाउने तिर ध्यान दिउँ त्यसो भए समग्र शैक्षिक अवस्थामा सुधार ल्याउन सकिन्छ । (नयाँ विकल्प साप्ताहिकबाट साभार)

सम्बन्धित समाचार

हतारमा निर्णय गरेर फुर्सदमा नपछुताउँ
हतारमा निर्णय गरेर फुर्सदमा नपछुताउँ
  • २०८२ असार १६, १२: २६

सरकारले आगामी असोज १ गतेदेखि देशैभर सवारीसाधनमा इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने उर्दी जारी गरेको धेरै दिन टिक्न सकेन ।...

संसदको प्रभावकारितामा प्रश्न
संसदको प्रभावकारितामा प्रश्न
  • २०८२ असार १६, १२: २६

प्रतिनिधिसभा भनेको नागरिकहरुको प्रतिनिधिमूलक संस्था हो । जुन संस्थामा आम नागरिकले मतदानका माध्यमबाट निर्वाचित गराएर आफ्ना प्रतिनिधि पठाएका हुन्छन् ।...

कारागारमा झडप
कारागारमा झडप
  • २०८२ असार १६, १२: २६

कारागारमा कैदीबन्दीहरुबीच आपसी झडप हुँदा घाइते भएका घटना बेलाबेलामा सुनिदै आएका छन् । त्यसक्रममा कतिपय अवस्थामा एक समूहले अर्को समूहमाथि...