
एजेन्सी : भारतको दक्षिणी राज्य तेलंगानाको संगारेड्डी जिल्लामा रासायनिक कारखानामा सोमबार भएको विस्फोटमा परी कम्तीमा ३४ जनाको मृत्यु भएको छ । विस्फोटपछि कारखानाको ठूलो भाग भत्किएको छ ।
जिल्ला दमकल अधिकृत बी. नागेश्वर रावले भने, “हामीले अहिलेसम्म ३४ जनाको शव फेला पारिसकेका छौँ र अझै भग्नावशेषमा खोजी जारी छ ।”
यस घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको जनाइएको छ । भारतीय सञ्चारमाध्यममा देखाइएका दृश्यहरूमा घटनास्थलबाट बाक्लो कालो धुवाँ आकाशमा उठिरहेको देखिन्छ ।
भारतमा यस्ता दुर्घटनाहरू कहिलेकाहीँ हुने गरेका छन् । प्राय: यस्ता घटनामा सुरक्षा नियमहरूको पालना नहुनु मुख्य कारण भएको बताइन्छ । सरकारले मृतक परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
काठमाडौं : लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफको आगामी चैाथो कन्भेनसन र लायन वर्ष २०२६ /०२७ को नेतृत्व चयनका लागि लायन्स...
काठमाडौं । इरानले स्ट्रेट अफ होर्मुजको अवरोध हटाए लगत्तै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएको छ । युद्धविराम अवधिभर होर्मुज...
काठमाडौं । देशका केही भूभागमा वर्षा र हिमपात हुँदा केही क्षेत्रमा उच्च गर्मीको सम्भावना छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका...