भारतको तेलंगानामा रासायनिक कारखानामा विस्फोट, कम्तीमा ३४ जनाको मृत्यु – Naya Bikalpa
July 10, 2025, Thursday      Epaper

भारतको तेलंगानामा रासायनिक कारखानामा विस्फोट, कम्तीमा ३४ जनाको मृत्यु

एजेन्सी : भारतको दक्षिणी राज्य तेलंगानाको संगारेड्डी जिल्लामा रासायनिक कारखानामा सोमबार भएको विस्फोटमा परी कम्तीमा ३४ जनाको मृत्यु भएको छ । विस्फोटपछि कारखानाको ठूलो भाग भत्किएको छ ।

जिल्ला दमकल अधिकृत बी. नागेश्वर रावले भने, “हामीले अहिलेसम्म ३४ जनाको शव फेला पारिसकेका छौँ र अझै भग्नावशेषमा खोजी जारी छ ।”

यस घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको जनाइएको छ । भारतीय सञ्चारमाध्यममा देखाइएका दृश्यहरूमा घटनास्थलबाट बाक्लो कालो धुवाँ आकाशमा उठिरहेको देखिन्छ ।

भारतमा यस्ता दुर्घटनाहरू कहिलेकाहीँ हुने गरेका छन् । प्राय: यस्ता घटनामा सुरक्षा नियमहरूको पालना नहुनु मुख्य कारण भएको बताइन्छ । सरकारले मृतक परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

सम्बन्धित समाचार

कासामि व प्रशिक्षकयात हन
कासामि व प्रशिक्षकयात हन
  • २०८२ असार १७, ११: ४१

दाङ : जिल्ला क्रिकेट सङ्घं एसिसी मिजं यु–१६ इस्टर्न जोन कप त्याकूगु नेपाली टोलीया दुजः शुभम खनाल व सहायक प्रशिक्षक...

मजदुरके न्यूनतम पारिश्रमिक कायम होबाक चाही
मजदुरके न्यूनतम पारिश्रमिक कायम होबाक चाही
  • २०८२ असार १७, ११: ४१

मोरङ : कोशी प्रदेशक सामाजिक विकासमन्त्री पाँचकर्ण राई मजुदरके जीवनयापनके लेल न्यूनतनम पारिश्रमिक वृद्धि करबाक प्रतिबद्धता व्यक्त कएने अइछ ।...

‘वातावरणीय असन्तुलन सबहक लेल चिन्ताक विषय’
‘वातावरणीय असन्तुलन सबहक लेल चिन्ताक विषय’
  • २०८२ असार १७, ११: ४१

महेन्द्रनगर : मधेश प्रदेशक मुख्यमन्त्री सतिश कुमार सिंह वातावरणीय असन्तुलन सबहक लेल चिन्ताक विषय भेल बताैलैन अइछ । राष्ट्रपति चुरे...