प्रधानमन्त्री ओलीद्वारा रियल मड्रिडको रङ्गशाला अवलोकन – Naya Bikalpa
November 22, 2026, Sunday      Epaper

प्रधानमन्त्री ओलीद्वारा रियल मड्रिडको रङ्गशाला अवलोकन

मेड्रिड (स्पेन) । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लव रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रंगशालाको आज भ्रमण भर्मन गरेका छन् । प्रधानमन्त्री ओलीलाई क्लवका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतससिहत अत्याधुनिक रंगशालाको भ्रमण गराएका थिए ।

प्रधानमन्त्री ओलीले आफू रियल मड्रिडको फ्यान रहेको भन्दै सुविधासम्पन्न रङ्गशाला देखेर खुसी लागेको प्रतिक्रिया दिएका छन्  । प्रधानमन्त्री ओलीलाई निर्देशक मिगेलले क्लबको लामो इतिहास,सफलताका यात्रा र भविष्यका योजनाबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए । सो क्रममा स्पेनका लागि नेपाली राजदूत शनिल नेपाललगायतका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।

यसअघि प्रधानमन्त्री ओलीले स्पेन भ्रमणको जानकारी संसदमा गराउँदा आफूले रियल मड्रिडका अधिकारीहरूलाई भेट्ने बताएका थिए ।

सान्टियागो पुगेर उनले ‘केपी ओली’ लेखिएको जर्सी पनि फहराएका छन् ।

प्रधानमन्त्री ओलीले आज साँझ ५ बजे मड्रिडस्थित नेपाली राजदूत निवासमा आयोजना हुने विशेष कार्यक्रममा नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम छ। आजै राति एक सातादेखिको औपचारिक भ्रमण सम्पन्न गरी उनी स्वदेश फर्कने कार्यक्रम रहेको जनाइएको छ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच दिल्लीमा भेटवार्ता
प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच दिल्लीमा भेटवार्ता
  • २०८२ असार १९, १७: ३९

नयाँ दिल्ली : भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ।...

प्रधानमन्त्री शाह भारत पुगे, उच्चस्तरीय भेटवार्ता गर्ने
प्रधानमन्त्री शाह भारत पुगे, उच्चस्तरीय भेटवार्ता गर्ने
  • २०८२ असार १९, १७: ३९

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री...

नयाँ दिल्ली आइपुगे प्रधानमन्त्री शाह, भारतीय राज्यमन्त्रीले गरे स्वागत
नयाँ दिल्ली आइपुगे प्रधानमन्त्री शाह, भारतीय राज्यमन्त्रीले गरे स्वागत
  • २०८२ असार १९, १७: ३९

नयाँ दिल्ली : प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने भारत भ्रमणका लागि आज नयाँ दिल्ली आइपुगेका छन् । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा...