सुदूरपश्चिमका वनमन्त्री चौधरी बर्खास्त – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

सुदूरपश्चिमका वनमन्त्री चौधरी बर्खास्त

 कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्तीमा परेका छन् ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदबाट बर्खास्त गरेको हो । मुख्यमन्त्री कार्यालयले वनमन्त्री चौधरीलाई मन्त्रिपरिषद् बैठकबाट बर्खास्त गरिएको पुष्टि गरेको छ ।कृषि मन्त्री भएका बेला अनुदानमा पावर टिलर वितरण गर्ने भन्दै किसानबाट रकम असुल्ने समूहसँग चौधरीको नाम मुछिएको थियो । उक्त प्रकरणमा संलग्न कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ की सुशीला खड्कासहितका केही व्यक्तिलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रालय आफैँसँग राखेका छन् ।

केही दिनअघि मुख्यमन्त्री शाहले पदबाट राजीनामा दिन मन्त्री चौधरीलाई निर्देशन दिएका थिए । तर, नागरिक उन्मुक्ति पार्टी नाउपा बाट गत जेठ ४ मा मन्त्री बनेका चौधरी अटेर गर्दै आएका थिए ।नाउपाका तत्कालीन उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीले दिगो वन व्यवस्थापन कार्यविधिमा बनाउन आर्थिक लेनदेन गर्न योजना बनाएको प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका थिए ।त्यसपछि नाउपाले रामेश्वर चौधरीलाई पठाएको थियो |

सम्बन्धित समाचार

अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
  • २०८२ असार १९, २०: ०१

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...

सुनचाँदीको मूल्यमा केही गिरावट
सुनचाँदीको मूल्यमा केही गिरावट
  • २०८२ असार १९, २०: ०१

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु...

सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको हो : सल्लाहकार शाह
सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको हो : सल्लाहकार शाह
  • २०८२ असार १९, २०: ०१

काठमाडौंः प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले कानुनी जटिलताका कारण जनसरोकारका काम नरोकिउन् र जनतालाई प्रदान गर्ने सेवाको प्रवाह...