अमेरिकाको टेक्सासमा भिषण बाढी आउँदा २४ को मृत्यू – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

अमेरिकाको टेक्सासमा भिषण बाढी आउँदा २४ को मृत्यू

काठमाडौं।अमेरिकाको टेक्सासमा शुक्रबार भीषण वर्षासँगै आएको बाढीमा परी अहिलेसम्म २४ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ।उद्धार कार्य चलिरहेका कारण मृत्यु हुनेको संख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।
वर्षापछिको बाढीले टेक्सासको केर काउन्टी क्षेत्र तहसनहस बनाएको छ। बाढीमा अझै कम्तिमा २५ जना बेपत्ता भएका छन्। उनीहरूको खोजी भइरहेको टेक्सासका गभर्नर ग्रेग अब्बटलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

बाढीग्रस्त क्षेत्रमा विभिन्न विद्यालयहरूले गर्मी याममा सञ्चालन गर्ने शिविरमा क्याम्प मिस्टिकमा यो साता ७०० छात्राहरू सहभागी थिए। बाढीमा परेका २३७ जनाको उद्धार भइसकेको बिबिसीले जनाएको छ।

बाढी आएपछि उद्धारका लागि ठूलो संख्यामा उद्धारकर्मी परिचालन गरिएको छ। टेक्सासका गभर्नर अब्बटले रातिको समयमा पनि उद्धार कार्य जारी रहने बताएका छन्। बेपत्ताहरूको खोजीका लागि हेलिकप्टर र ड्रोन परिचालन गरिएको जनाइएको छ ।
टेक्सास राज्यभरी आपतकाल घोषणा गरिएको छ ।

सम्बन्धित समाचार

प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
  • २०८२ असार २१, १९: ३३

काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू
दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू
  • २०८२ असार २१, १९: ३३

काठमाडौं : भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले अधिकारीहरूले आइतबारदेखि थप कडा प्रतिबन्ध लागू गरेका छन् ।...

स्पेनमा दुई रेल ठोक्किँदा ६८ जनाको मृत्यु, ठूलो सङ्ख्यामा यात्रु घाइते
स्पेनमा दुई रेल ठोक्किँदा ६८ जनाको मृत्यु, ठूलो सङ्ख्यामा यात्रु घाइते
  • २०८२ असार २१, १९: ३३

काठमाडौँ । स्पेनको मध्यभागमा बुधबार बिहान दुई रेल ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने ठूलो सङ्ख्यामा यात्रु घाइते...