कांग्रेस केन्द्रीय सदस्य अवालेको प्रश्नः नाफाको व्यापार चाहिँ राजनीति मात्र हो ? – Naya Bikalpa
May 28, 2026, Thursday      Epaper

कांग्रेस केन्द्रीय सदस्य अवालेको प्रश्नः नाफाको व्यापार चाहिँ राजनीति मात्र हो ?

काठमाडौं । काँग्रेस केन्द्रीय सदस्य गंगालक्ष्मी अवाले देशका हरेक क्षेत्र घाटामा गएका पनि नेतृत्व सचेत नभएको बताएकी छिन् ।
कृषि कर्मलाई घाटाको व्यापार भनेर चर्चा गरिनु लगत भएको बताउँदै उनले भनिन् कृषिमा उत्पादन र उत्पादकत्व वृद्धि गर्नको लागी विभिन्न आधुनिकीकरण, यान्त्रीकरण,औद्योगीकरणका चर्चा भैरहेको भएपनि। शहर बजारमा युवाहरु, पढेलेखेका बुद्विजीवीहरु, अनि मै हुँ भन्ने समाजसेवीहरु समेत कृषि कर्मलाई घाटाको व्यापार किन गर्ने भन्छन् , जहिले कृषि घाटामा मात्र हुन्छ भन्छन् । अनि नाफाको व्यापार चाहिँ राजनीति मात्र हो त ?उनले प्रश्न गरेकी छिन् ।
कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै नेत्री गंगालक्ष्मी अवालेले कृषि कर्म गर्नेलाई देशले सम्मान गर्न नसकेको दावी गदै देशको विकास कृषि क्रान्ति बाटै सम्भव रहेको बताइन । उनले देशभरिको कृषि कर्म महिलाले धानेको, त्यति मात्र नभएर जलवायु परिवर्तनले समेत कृषि लगायत कहिँ खडेरी कहिँ बाढी पहिरो, कहि अतिबृष्टि, अनाबृष्टि अनि खण्डबृष्टिले विश्वलाई नै आक्रान्त बनाएको छ । यी सबै समस्याहरुको समाधानको लागी महिलाहरुलाई सशक्त बनाउनुपर्छ । यदि महिलाहरुलाई सामाजिक, आर्थिक, शैक्षिक, राजनैतिक रुपमा सशक्त बनायौँ भने जलवायु परिवर्तनबाट हुने खराब असरहरुलाई समेत न्यूनीकरण गर्न सकिन्छ । तर भर्खरै, अस्ति असार १५ गते हामीले राष्ट्रिय धान दिवस मनाउँदै गर्दा हजारौँ महिलाहरुले मल नपाएको गुनासो गरेका थिए । यस्ता समस्याको समाधानको लागी कृषिमा दीर्घकालिन सोच र दृष्टि सहित अगाडी बढ्न सकेको खण्डमा हाल अरबौँको खाद्यान्न आयात गरेर खाईरहेकोमा विदेशमा निर्यात समेत गर्नसक्ने जिकीर गरेकी छिन् ।
समिति बैठकमा बोल्दै फरक प्रसंगमा उनले युवाहरुले प्रश्न गर्न पाउनु पर्ने माग गरेकी छिन् । उनले प्रश्न आफैमा ठूलो खबरदारी भएका कारण नेताहरुले युवाका प्रश्नहरुलाई सुन्नु पर्ने दावी गरिन ।
अवालेले बैठकमा भनिन् -‘पार्टी भित्रै एउटा नयाँ जमातले झुठ माथि झुठ बोली रहेको छ , र हामी त्यही झुठलाई समर्थन गर्ने जस्तो गरीकन ताली बजाईरहेका छौँ । आजको सबैभन्दा ठूलो समस्या यही हो । यो समस्यालाई सम्बोधन गर्न नेतृत्वले सक्ने कि नसक्ने ?’

‘नेतृत्व भनेको पार्टी सभापति मात्र हो रु सभापति फेर्ने बित्तिकै सबै कुरा ठीक ठाक हुन्छ भन्ने भ्रम पालेर नबसौँ ।’उनले भनिन् ।
उनले पार्टी सभापति शेरबहादुर देउवाबाट अरुको बिरोध नगरीकन पनि आफू असल हुन सकिन्छ भन्ने कुरा सिक्न आग्रह समेत गरिन । नेत्री अवालेले सभापति देउवाको विरोध गर्नेहरुलाई लक्षित गदैे भनिन् -‘आफ्नै नेतृत्वको बिरोध नगरीकन हामी आफ्नो विचार राख्नै सक्दैनौँ त ?’

व्यवासायिक सीप विकास विभागको प्रमुख समेत रहेकी उले शिक्षा, स्वास्थ्य र कृषि देखि सामाजिक मूल्यमान्यता समेत बाहिरबाट आयातित हुन थालेको दावी गर्दै हरेक क्षेत्रमा आफ्नै मौलिक मान्यतालाई विकास नगरेसम्म देशमा परिवर्तन नहुने बताइन ।

समितिमा मन्तव्य राख्दै उनले भनिन् -‘पूजीँ निर्माण कर्तालाई स्वागत गर्नुपर्छ । नत्र हामी आफूलाई कसरी प्रजातन्त्रवादी, लोकतन्त्रवादी भन्ने रु हामी त कस्ता भयौँ भने अरुलाई हात्तीलाई पूजा गरेको बिरोध गर्ने आफू चाँहि बिरालोको बच्चा पाएको कुरा सामाजिक सञ्जालमा प्रचार गर्ने ?’

सम्बन्धित समाचार

नेपाल एसियन गेम्स छनोटको सेमिफाइनलमा
नेपाल एसियन गेम्स छनोटको सेमिफाइनलमा
  • २०८२ असार २१, १९: ३४

काठमाडौँ : मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोट प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।...

 एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात
 एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात
  • २०८२ असार २१, १९: ३४

वीरगञ्ज : वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा रू एक खर्ब ८१ अर्ब ७० करोड मूल्य पर्ने छ...

सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष
  • २०८२ असार २१, १९: ३४

काठमाडौं : सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम दुरुपयोग तथा कमजोर नियमनका कारण सहकारीप्रतिको जनविश्वास कमजोर बन्दै गएको निष्कर्ष सार्वजनिक...