काठमाडौं । काँग्रेस केन्द्रीय सदस्य गंगालक्ष्मी अवाले देशका हरेक क्षेत्र घाटामा गएका पनि नेतृत्व सचेत नभएको बताएकी छिन् ।
कृषि कर्मलाई घाटाको व्यापार भनेर चर्चा गरिनु लगत भएको बताउँदै उनले भनिन् कृषिमा उत्पादन र उत्पादकत्व वृद्धि गर्नको लागी विभिन्न आधुनिकीकरण, यान्त्रीकरण,औद्योगीकरणका चर्चा भैरहेको भएपनि। शहर बजारमा युवाहरु, पढेलेखेका बुद्विजीवीहरु, अनि मै हुँ भन्ने समाजसेवीहरु समेत कृषि कर्मलाई घाटाको व्यापार किन गर्ने भन्छन् , जहिले कृषि घाटामा मात्र हुन्छ भन्छन् । अनि नाफाको व्यापार चाहिँ राजनीति मात्र हो त ?उनले प्रश्न गरेकी छिन् ।
कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै नेत्री गंगालक्ष्मी अवालेले कृषि कर्म गर्नेलाई देशले सम्मान गर्न नसकेको दावी गदै देशको विकास कृषि क्रान्ति बाटै सम्भव रहेको बताइन । उनले देशभरिको कृषि कर्म महिलाले धानेको, त्यति मात्र नभएर जलवायु परिवर्तनले समेत कृषि लगायत कहिँ खडेरी कहिँ बाढी पहिरो, कहि अतिबृष्टि, अनाबृष्टि अनि खण्डबृष्टिले विश्वलाई नै आक्रान्त बनाएको छ । यी सबै समस्याहरुको समाधानको लागी महिलाहरुलाई सशक्त बनाउनुपर्छ । यदि महिलाहरुलाई सामाजिक, आर्थिक, शैक्षिक, राजनैतिक रुपमा सशक्त बनायौँ भने जलवायु परिवर्तनबाट हुने खराब असरहरुलाई समेत न्यूनीकरण गर्न सकिन्छ । तर भर्खरै, अस्ति असार १५ गते हामीले राष्ट्रिय धान दिवस मनाउँदै गर्दा हजारौँ महिलाहरुले मल नपाएको गुनासो गरेका थिए । यस्ता समस्याको समाधानको लागी कृषिमा दीर्घकालिन सोच र दृष्टि सहित अगाडी बढ्न सकेको खण्डमा हाल अरबौँको खाद्यान्न आयात गरेर खाईरहेकोमा विदेशमा निर्यात समेत गर्नसक्ने जिकीर गरेकी छिन् ।
समिति बैठकमा बोल्दै फरक प्रसंगमा उनले युवाहरुले प्रश्न गर्न पाउनु पर्ने माग गरेकी छिन् । उनले प्रश्न आफैमा ठूलो खबरदारी भएका कारण नेताहरुले युवाका प्रश्नहरुलाई सुन्नु पर्ने दावी गरिन ।
अवालेले बैठकमा भनिन् -‘पार्टी भित्रै एउटा नयाँ जमातले झुठ माथि झुठ बोली रहेको छ , र हामी त्यही झुठलाई समर्थन गर्ने जस्तो गरीकन ताली बजाईरहेका छौँ । आजको सबैभन्दा ठूलो समस्या यही हो । यो समस्यालाई सम्बोधन गर्न नेतृत्वले सक्ने कि नसक्ने ?’
‘नेतृत्व भनेको पार्टी सभापति मात्र हो रु सभापति फेर्ने बित्तिकै सबै कुरा ठीक ठाक हुन्छ भन्ने भ्रम पालेर नबसौँ ।’उनले भनिन् ।
उनले पार्टी सभापति शेरबहादुर देउवाबाट अरुको बिरोध नगरीकन पनि आफू असल हुन सकिन्छ भन्ने कुरा सिक्न आग्रह समेत गरिन । नेत्री अवालेले सभापति देउवाको विरोध गर्नेहरुलाई लक्षित गदैे भनिन् -‘आफ्नै नेतृत्वको बिरोध नगरीकन हामी आफ्नो विचार राख्नै सक्दैनौँ त ?’
व्यवासायिक सीप विकास विभागको प्रमुख समेत रहेकी उले शिक्षा, स्वास्थ्य र कृषि देखि सामाजिक मूल्यमान्यता समेत बाहिरबाट आयातित हुन थालेको दावी गर्दै हरेक क्षेत्रमा आफ्नै मौलिक मान्यतालाई विकास नगरेसम्म देशमा परिवर्तन नहुने बताइन ।
समितिमा मन्तव्य राख्दै उनले भनिन् -‘पूजीँ निर्माण कर्तालाई स्वागत गर्नुपर्छ । नत्र हामी आफूलाई कसरी प्रजातन्त्रवादी, लोकतन्त्रवादी भन्ने रु हामी त कस्ता भयौँ भने अरुलाई हात्तीलाई पूजा गरेको बिरोध गर्ने आफू चाँहि बिरालोको बच्चा पाएको कुरा सामाजिक सञ्जालमा प्रचार गर्ने ?’
दाङ : जिल्ला क्रिकेट सङ्घं एसिसी मिजं यु–१६ इस्टर्न जोन कप त्याकूगु नेपाली टोलीया दुजः शुभम खनाल व सहायक प्रशिक्षक...
मोरङ : कोशी प्रदेशक सामाजिक विकासमन्त्री पाँचकर्ण राई मजुदरके जीवनयापनके लेल न्यूनतनम पारिश्रमिक वृद्धि करबाक प्रतिबद्धता व्यक्त कएने अइछ ।...
महेन्द्रनगर : मधेश प्रदेशक मुख्यमन्त्री सतिश कुमार सिंह वातावरणीय असन्तुलन सबहक लेल चिन्ताक विषय भेल बताैलैन अइछ । राष्ट्रपति चुरे...