
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली आज आइतबार हुम्लामा पुल उद्घाटन गर्न जाने भएका छन् ।प्रधानमन्त्री ओली खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ मा बनेको बेली ब्रिज उद्घाटन गर्न जान लागेका हुन्। कर्णाली कोरिडोरीअन्तर्गत् चुवाखोलामा निर्मित उक्त पुल प्रधानमन्त्री ओलीले आज बिहान १० बजे उद्घाटन गर्ने कार्यक्रम रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिए। उक्त पुल नेपाली सेनाले निर्माण गरेको हो।
काठमाडौँ : मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोट प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।...
वीरगञ्ज : वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा रू एक खर्ब ८१ अर्ब ७० करोड मूल्य पर्ने छ...
काठमाडौं : सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम दुरुपयोग तथा कमजोर नियमनका कारण सहकारीप्रतिको जनविश्वास कमजोर बन्दै गएको निष्कर्ष सार्वजनिक...