शेयर बजार सामान्य बढ्यो, साढे ९ अर्ब रुपैयाँको कारोबार – Naya Bikalpa
April 14, 2026, Tuesday      Epaper

शेयर बजार सामान्य बढ्यो, साढे ९ अर्ब रुपैयाँको कारोबार

काठमाडौं । कारोबार रकम घटेपनि साताको पहिलो कारोबार दिन आईतबार पनि नेप्से परिसुचक २७ सय बिन्दुमै स्थीर रहेको छ ।यस अघि बिहिवार ९.१४ अंकले बढेर २७०३.९६ बिन्दुमा पुगेर रोकिएको नेप्से परिसुचक यस दिनभने २.४० अंकले बढेर २७०६.३६ बिन्दुमा रोकिएको छ । अघिल्लो कारोबार दिन ९ अर्ब ६४ करोड ५५ लाख ५० हजार ६८० रुपैयाँ बराबरको २ करोड ४९ लाख ७६ हजार ३६६ कित्ता शेयर खरिद विक्री भएकोमा आज कुल ३१८ स्टकको ९ अर्ब ५० करोड ३ हजार २६८ रुपैयाँ बराबरको २ करोड ७१ लाख ३२ हजार ३०८ कित्ता शेयर खरिद विक्री भएको छ ।

यस दिन सेन्सेटिभ इन्डेक्स आज ०.६७ अंकले बढेको छ । फ्लोट इण्डेक्स ०.२३ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स पनि ०.३३ अंकले बढेको छ । नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६९.४० रुपैयाँले बढेर ७६३.६० रुपैयाँमा अन्तिम करोबार भएको छ । यस दिन गार्डिन माइक्रो लाइफ इन्स्योरेन्स, राप्ती हाइड्रो र अपर हेवा खोलाको आईपीओले सबैभन्दा धेरै कमाएको छन् । यस दिन नेपाल रिइन्स्योरेन्स, लक्ष्मी सनराइज बैंक, हिमालयन रिइन्स्योरेन्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सबैभन्दा बढी कारोबार भएको छ ।

यस दिन गुडविल फाइनान्स, ग्रिन डभ्लप्मेन्ट बैंक र सिन्धु विकास बैंकको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ । गुडविल फाइनान्सको शेयर मूल्य १२७.३० रुपौयाँले घटेर १३०८.३० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी ग्रिन डभ्लप्मेन्ट बैंक र सिन्धु विकास बैंकको शेयर मूल्य पनि क्रमश १३७.९८ रुपैयाँ र ५३.७५ रुपैयाँले घटेर १४७१.०३ रुपैयाँ र ८७१.९२ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

सम्बन्धित समाचार

नेपाल–भारत सहकार्यमा प्रसौनिको बेङ्गा साह माविमा विद्यालय तथा पुस्तकालय भवनको शिलान्यास
नेपाल–भारत सहकार्यमा प्रसौनिको बेङ्गा साह माविमा विद्यालय तथा पुस्तकालय भवनको शिलान्यास
  • २०८२ असार २२, १७: ५४

वीरगञ्ज : नेपाल–भारत विकास सहकार्यअन्तर्गत बारा जिल्लाको प्रसौनी गाउँपालिका–२ स्थित श्री बेङ्गा साह माध्यमिक विद्यालय तथा पुस्तकालय भवन निर्माण कार्य...

नयाँ वर्षको पहिलो दिन पशुपतिनाथ मन्दिरमा लाखौं भक्तजनले गरे दर्शन
नयाँ वर्षको पहिलो दिन पशुपतिनाथ मन्दिरमा लाखौं भक्तजनले गरे दर्शन
  • २०८२ असार २२, १७: ५४

काठमाडौं : आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने...

आज नयाँ वर्ष : हर्षोल्लासका साथ मनाइँदै
आज नयाँ वर्ष : हर्षोल्लासका साथ मनाइँदै
  • २०८२ असार २२, १७: ५४

काठमाडौं : आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने...