सातै प्रदेशमा पानी पर्ने, यी स्थानमा भारी वर्षाको सम्भावना – Naya Bikalpa
May 28, 2026, Thursday      Epaper

सातै प्रदेशमा पानी पर्ने, यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ।आज सातवटै प्रदेशमा आज वर्षाको सम्भावना छ। हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । सबै प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।वाग्मती र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।यसैबीच, गएराति देशका विभिन्न स्थानमा वर्षा भएको छ । पश्चिम नेपालमा वर्षा भएको हो ।

अछाम, कञ्चनपुर, जाजरकोट, सल्यान, रकुम पूर्व, कैलालीमा वर्षा भएको विभागले जनाएको छ । केही स्थानमा अहिले पनि वर्षा भइरहेको छ ।अछामको गोपघाट, ओलीगाउँ वर्षामापन केन्द्र र आसपासमा हल्कादेखि मध्यम वर्षा मापन भएको छ । थप वर्षा हुने सम्भावना भएकाले सो क्षेत्र भई बहने ससाना खोलामा आकस्मिक बाढी आउनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।

कञ्चनपुरको ज्यामिरखाली, हनुमाननगर वर्षामापन केन्द्र र आसपासमा मध्यम वर्षा मापन भएको छ । थप वर्षा हुने सम्भावना भएकाले सतर्क रहनुपर्ने विभागले जनाएको छ ।
जाजरकोटको डल्ली, रुकुम पूर्वको रुकुमकोट, सल्यानको काभ्रेनेटा र आसपासका वर्षामापन केन्द्रहरुमा हल्कादेखि मध्यम वर्षा मापन भएको छ । थप बर्षा हुने सम्भावना भएको विभागले बताएको छ ।

कैलाली बचिला वर्षामापन केन्द्र र आसपासका केन्द्रहरुमा मध्यम वर्षा मापन भएको छ । थप वर्षा हुने भएकाले सो क्षेत्र भइ बहने साना खोलामा आकस्मिक बहावको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ ।

 

सम्बन्धित समाचार

नेपाल एसियन गेम्स छनोटको सेमिफाइनलमा
नेपाल एसियन गेम्स छनोटको सेमिफाइनलमा
  • २०८२ असार २४, ०७: ५०

काठमाडौँ : मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोट प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।...

 एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात
 एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात
  • २०८२ असार २४, ०७: ५०

वीरगञ्ज : वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा रू एक खर्ब ८१ अर्ब ७० करोड मूल्य पर्ने छ...

सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष
  • २०८२ असार २४, ०७: ५०

काठमाडौं : सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम दुरुपयोग तथा कमजोर नियमनका कारण सहकारीप्रतिको जनविश्वास कमजोर बन्दै गएको निष्कर्ष सार्वजनिक...