कम्बोडियाको हमलामा थाइल्याण्डमा मृत्यु हुनेको संख्या १२ पुग्यो – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

कम्बोडियाको हमलामा थाइल्याण्डमा मृत्यु हुनेको संख्या १२ पुग्यो

काठमाडौं । थाइल्यान्ड–कम्बोडिया सीमामा जारी सैन्य झडपमा हालसम्म कम्तीमा १२ जनाको ज्यान गएको छ भने ३५ जना घाइते भएका छन्।

कम्बोडियाले थाई गाउँको बीचमा दुई वटा बीएम-२१ रकेट प्रहार र गोली हानेर गरेको आक्रमणमा एक सैनिकसहित १२ नागरिकको मृत्यु भएको बताएको हो ।  थाइल्याण्डको स्वास्थ्य मन्त्रालयले ३५ जना घाइते भएको जनाएको छ ।

थाई अधिकारीहरूको प्रतिवेदनअनुसार, सुरिन प्रान्तमा एक आठ वर्षीय बालकसहित दुई जना सर्वसाधारणको मृत्यु भएको छ ।

सीमा बारे विवाद बढेपछि दुवै देश एक अर्कामाथि आक्रमणमा उत्रिएका हुन् । यो विवाद एक दिन अघि सीमामा भएको बारुदी सुरुङ विस्फोटमा एक थाई सैनिक घाइते भएपछि शुरु भएको बताइएको छ ।

थाइल्याण्डले कम्बोडियाबाट आफ्नो राजदूतलाई फिर्ता बोलाएको छ भने थाई नागरिकहरूलाई कम्बोडिया छोड्न अपील गरेको छ । थाईल्याण्डको शिक्षा मन्त्रालयले थाईल्याण्डको सुरिन प्रान्तमा विवादित सीमा नजिकैका सबै विद्यालयहरू बन्द गरेको छ । साथै थाइल्याण्ड कम्बोडियासँगको सबै सीमा नाकाहरू बन्द गरेको छ ।

कम्बोडियाले भने थाइल्याण्डको आक्रमणबाट भएको क्षति बारे जानकारी दिएको छैन ।

सम्बन्धित समाचार

भीष्मराज आङ्देम्बेको भूमिका पार्टी र संसदमा समेत भीष्मपितामहको जस्तो हुनसक्ला ?
भीष्मराज आङ्देम्बेको भूमिका पार्टी र संसदमा समेत भीष्मपितामहको जस्तो हुनसक्ला ?
  • २०८२ श्रावण ८, १६: ०६

१. प्रतिपक्षीका भीष्मपितामह भीष्मराज आङ्देम्बे नेपाली कांग्रेसको प्रतिनिधि सभाका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेताको...

अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति
अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति
  • २०८२ श्रावण ८, १६: ०६

काठमाडौं : अमेरिका र इरानबीच जारी तनाव र हालैको युद्ध अन्त्य गर्न एक ऐतिहासिक सहमति भएको छ । अमेरिकी राष्ट्रपति...

उत्तर पूर्वी भारतमा सैन्य विमान दुर्घटना
उत्तर पूर्वी भारतमा सैन्य विमान दुर्घटना
  • २०८२ श्रावण ८, १६: ०६

काठमाडौँ  : भारतीय वायु सेना (आइएएफ) को एएन–३२ परिवहन विमान शनिबार उत्तर पूर्वी राज्य आसाममा दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन्...