
काठमाडौं।भिजिट भिसामा अवैध रूपमा कुवेत जान लागेका ४७ जना नेपाली महिलालाई भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट उद्धार गरी नेपाल फर्काइएको छ ।दिल्लीस्थित नेपाली दूतावासको सक्रियतामा उनीहरूलाई नियन्त्रणमा लिई स्थलमार्ग हुँदै बिहीबार राति रुपन्देही ल्याइपुर्याइएको हो ।
दिल्ली विमानस्थलबाट आवश्यक कागजात (एनओसी) बिना नै कुवेतका लागि उड्न लागेको अवस्थामा उनीहरूलाई नेपाली दूतावासको टोलीले रोकेको थियो । दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)प्रकाश मल्लसहितको टोलीले ती महिलाहरूलाई सुनौली नाका हुँदै रुपन्देही प्रशासनको जिम्मा लगाएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।
उनका अनुसार, हाल उनीहरूलाई थप अनुसन्धानका लागि काठमाडौँ ल्याइँदैछ ।
उक्त विषयमा गृहमन्त्री लेखकले मानव बेचबिखन व्यूरोलाई आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्री लेखकले वैदेशिक रोजगारीमा अवैध रूपमा जाने विषयको गहन अनुसन्धान गर्न निर्देशन दिएका छन् ।
काठमाडौं : सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम दुरुपयोग तथा कमजोर नियमनका कारण सहकारीप्रतिको जनविश्वास कमजोर बन्दै गएको निष्कर्ष सार्वजनिक...
महेन्द्रनगर : नेपाली सेनाको अगुवाइमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली नदीमा विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी ‘अभ्यास मनसुन–६’ गरेको छ ।...
काभ्रे । बीपी राजमार्गअन्तर्गत काभ्रेको पिप्लेदेखि सिन्धुलीको बर्खेखोलासम्मको बाँकी सडक खण्ड जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा दुई...