भिजिट भिसामा कुवेत जान लागेका ४७ जना महिला भारतबाट फर्काइए,गृहमन्त्रीको छानविन गर्न निर्देशन – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

भिजिट भिसामा कुवेत जान लागेका ४७ जना महिला भारतबाट फर्काइए,गृहमन्त्रीको छानविन गर्न निर्देशन

काठमाडौं।भिजिट भिसामा अवैध रूपमा कुवेत जान लागेका ४७ जना नेपाली महिलालाई भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट उद्धार गरी नेपाल फर्काइएको छ ।दिल्लीस्थित नेपाली दूतावासको सक्रियतामा उनीहरूलाई नियन्त्रणमा लिई स्थलमार्ग हुँदै बिहीबार राति रुपन्देही ल्याइपुर्याइएको हो ।

दिल्ली विमानस्थलबाट आवश्यक कागजात (एनओसी) बिना नै कुवेतका लागि उड्न लागेको अवस्थामा उनीहरूलाई नेपाली दूतावासको टोलीले रोकेको थियो । दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)प्रकाश मल्लसहितको टोलीले ती महिलाहरूलाई सुनौली नाका हुँदै रुपन्देही प्रशासनको जिम्मा लगाएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।

उनका अनुसार, हाल उनीहरूलाई थप अनुसन्धानका लागि काठमाडौँ ल्याइँदैछ ।

उक्त विषयमा गृहमन्त्री लेखकले मानव बेचबिखन व्यूरोलाई आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्री लेखकले वैदेशिक रोजगारीमा अवैध रूपमा जाने विषयको गहन अनुसन्धान गर्न निर्देशन दिएका छन् ।

सम्बन्धित समाचार

सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
  • २०८२ श्रावण ९, ०७: १५

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८२ श्रावण ९, ०७: १५

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८२ श्रावण ९, ०७: १५

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...