रञ्जितालाई नाउपाको अध्यक्षबाट हटाउने प्रस्ताव पारित – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

रञ्जितालाई नाउपाको अध्यक्षबाट हटाउने प्रस्ताव पारित

काठमाडौं : रञ्जिता श्रेष्ठ चौधरीलाई नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षबाट हटाउने प्रस्ताव पारित भएको छ ।

बुधबार काठमाडौंमा भएको राष्ट्रिय भेलाले श्रेष्ठलाई नाउपाको अध्यक्षबाट हटाउने प्रस्ताव पारित भएको महासचिव ठाकुरसिंह थारुले जानकारी दिए ।

यसअघि पोखराको लिचीबारी घुसकाण्डमा मुछिएपछि अध्यक्ष श्रेष्ठले स्वास्थ्यको कारण देखाउँदै वरिष्ठ नेता शिव बाँस्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी थिइन् । बहुमत केन्द्रीय सदस्यहरूले पार्टीको केन्द्रीय समितिको बैठक बोलाउन २४ घण्टे अल्टिमेटम दिएपछि गत १० साउनदेखि लागू हुने गरी अध्यक्ष श्रेष्ठले बाँस्तोलालाई कार्यवाहक अध्यक्ष तोकेकी थिइन् ।

यसअघि गत शुक्रबार नाउपाका बहुमत केन्द्रीय सदस्यहरूले पार्टीको केन्द्रीय समिति बैठक २४ घण्टाभित्र बोलाउन अल्टिमेटम दिएका थिए । तर, कार्यवाहक अध्यक्ष तोकेको पत्रमा कारण भने अध्यक्ष रञ्जिताले आफ्नो स्वास्थ्य अवस्थालाई देखाएकी थिइन् ।

आफ्नो स्वास्थ्य अवस्था राम्रो नभएको र पार्टीको दैनिक कार्य सञ्चालन र महत्त्वपूर्ण निर्णयमा भौतिक उपस्थिति सम्भव नभएको भन्दै रञ्जिताले बाँस्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेको उल्लेख गरेकी थिइन् ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०८२ श्रावण १४, १९: ०२

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०८२ श्रावण १४, १९: ०२

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०८२ श्रावण १४, १९: ०२

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...