डा. स्वर्णिम वाग्ले भन्छन्- मधेसको सुख्खाको दीर्घकालीन समाधान खोज्नुपर्छ – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

डा. स्वर्णिम वाग्ले भन्छन्- मधेसको सुख्खाको दीर्घकालीन समाधान खोज्नुपर्छ

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले मधेसको सुख्खाको दीर्घकालीन समाधान खोज्नुपर्ने बताएका छन् ।

रास्वपाका प्रवक्ता मनिष झासँग धनुषाको हंसपुर नगरपालिकास्थित सुख्खाग्रस्त खेतको अवलोकन गर्दै डा. वाग्लेले मधेसको मात्र होइन, समग्र राष्ट्रकै समुन्नतिका लागि सुनकोशी-मरिन डाइभर्सन महत्त्वपूर्ण भएको बताएका छन् ।

डा. वाग्लेले खडेरीका कारण धानको बिउ सुक्दै गएको र खेत बाँझो रहेको दृश्यहरु देखाउँदै लहलह धान फल्ने ठाउँमा अहिले बिउहरू सुक्दै गएको आफुहरुले देखेको बताए । उनले चुरेको दोहन, पानी संचय गर्ने परम्परागत विधि क्षय भएको, आधुनिकीकरणका कारणले र अझ बृहत रुपमा जलवायु परिवर्तनको असरका कारण यस्तो भएको बताए ।

उनले मधेसको यो संकट समाधानका लागि तत्काल ५०० वटा डिप बोरिङ गर्ने वा ‘क्लाउड सिडिङ’ मार्फत कृत्रिम वर्षा गराउने जस्ता अल्पकालीन उपायमाथि बहस भइरहेको भएपनि यसका लागि दिर्घकालिन समाधान खोज्नुपर्ने बताए ।

उनले भने- ‘मधेसको रुपान्तरणका लागि मात्र होइन, समग्र राष्ट्रकै समुन्नतिका लागि सुनकोशी-मरिन डाइभर्सन महत्त्वपूर्ण छ । सुनकोशी नदीको पानी १३-१४ किलोमिटरको सुरुङबाट मरिन खोलामा मिसाएर धनुषा, महोत्तरी, रौतहट, सर्लाहीसम्म १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ पुर्‍याउने लक्ष्य छ । रे काम असाध्यै ढिलो भयो । ‘टनेलको ‘ब्रेक-थ्रु’ त भयो तर बाँकी काम सम्पन्न हुन अझै वर्षौं लाग्ने अनुमान छ । यसमा तदारुकता देखाउनुपर्ने देखियो ।

डा. वाग्लेले सिँचाइ सुविधाले मात्रै देशको कृषिमा क्रान्ति ल्याउन सक्ने बताउँदै बंगलादेश र भारतको सिंचाईबाट हरित क्रान्ति गरेको उल्लेख गरे ।

 

सम्बन्धित समाचार

राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
  • २०८२ श्रावण १६, १७: ५९

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...

नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
  • २०८२ श्रावण १६, १७: ५९

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
  • २०८२ श्रावण १६, १७: ५९

काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...