
काठमान्डौं । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो पक्राउ गर्नेलाई ५ करोड डलर दिने भएको छ।अमेरिकाले मादुरोलाई पक्राउ गर्नका लागि जानकारी दिनेलाई दिइने पुरस्कार रकम दोब्बर गरी ५ करोड डलर पुर्याएको हो।
अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले पहिले घोषणा गरिएको २ करोड ५० लाख डलरको पुरस्कार दोब्बर गरिएको बताए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लामो समयदेखि मादुरोको आलोचक रहँदै आएका छन् । जनवरीमा भएको विवादास्पद चुनावपछि मादुरो सत्तामा फर्किए जुन अन्तर्राष्ट्रिय समुदायले व्यापक रूपमा अस्वीकार गरेको थियो ।
भेनेजुएलाका विदेशमन्त्री इभान गिलले नयाँ पुरस्कारलाई ‘अर्थहीन’ र राजनीतिक प्रचार भनेर वर्णन गरेका छन्।उनले यसलाई राजनीतिक प्रचार भनेका छन्।
काठमाडौँ। मध्यपूर्वमा बढ्दो तनावका बीच कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्दै प्रति ब्यारेल १२६ डलर नाघेको छ, जुन पछिल्ला चार...
काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चाँडै चतुरता देखाउन ९स्मार्ट हुन० र आणविक कार्यक्रमहरूमा कडा नियन्त्रणको माग पूरा गर्न चेतावनी दिएका...
काठमाडौँ। इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुईवटा रेल एकापसमा ठोक्किएर दुघर्टना हुँदा १४ जनाको मृत्यु भएको छ । ८४ जना घाइते...