टर्कीमा ६.१ रेक्टर स्केलको भूकम्प, एक जनाको मृत्यु, २९ घाइते – Naya Bikalpa
November 8, 2025, Saturday      Epaper

टर्कीमा ६.१ रेक्टर स्केलको भूकम्प, एक जनाको मृत्यु, २९ घाइते

काठमाडौं । टर्कीको उत्तरपश्चिमी प्रान्त बाल्केसिरमा आइतबार साँझ भूकम्प गएको छ । ६.१ म्याग्निच्युडको भूकम्पमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८१ वर्षीया महिला छिन् । भग्नावशेषबाट निकालिएको केही समयपछि उनको मृत्यु भएको हो ।केन्द्रबिन्दु सिन्डिर्गी सहरमा भएको भूकम्पका कारण करिब दर्जनौँ भवन भत्किएका छन् भने  दुई जना पुरिएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।

भूकम्पको केन्द्रबिन्दु सिन्दिरगी शहरमा जमिनबाट ११ किलोमिटर मुनि थियो, जहाँबाट करिब २०० किलोमिटर टाढा इस्तानबुल शहरमा भूकम्पको धक्का महसुस गरिएको थियो । इस्तानबुलमा १ करोड ६० लाखभन्दा बढी जनसंख्या छ ।नजिकैको गोल्चुक गाउँमा केही घर र मस्जिदको मिनार पनि भत्किएको छ।

टर्कीको विपद् व्यवस्थापन एजेन्सीका अनुसार स्थानीय समय अनुसार साँझ ७ः५३ बजे भूकम्पको धक्का महसुस गरिएको थियो, जुन राजधानी इस्तानबुलसम्म अनुभूत गरिएको हो ।राष्ट्रपति रेचेप तैय्यप एर्दोआनले एक वक्तव्य जारी गर्दै भूकम्पबाट प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

सम्बन्धित समाचार

भियतनाममा भीषण बाढीमा परी ३५ जनाको मृत्यू
भियतनाममा भीषण बाढीमा परी ३५ जनाको मृत्यू
  • २०८२ श्रावण २६, ०८: ११

काठमाडौं।भियतनाममा अविरलको भारी वर्षा र बाढीका कारण भियतनाममा कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।अन्य पाँच जना अझै बेपत्ता छन्...

टिकौली जंगलमा २ बस र एक ट्रक ठोक्किदा ३३ जना घाइते
टिकौली जंगलमा २ बस र एक ट्रक ठोक्किदा ३३ जना घाइते
  • २०८२ श्रावण २६, ०८: ११

चितवन । चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा एउटा ट्रक र दुईवटा बस आपसमा ठोक्किँदा ३३ जना घाइते भएका छन् ।घाइतेमध्ये ८...

भुकम्प गयो : संखुवासभाको किमाथांका केन्द्रबिन्दु
भुकम्प गयो : संखुवासभाको किमाथांका केन्द्रबिन्दु
  • २०८२ श्रावण २६, ०८: ११

काठमाडौं।संखुवासभा जिल्लाको उत्तरी क्षेत्र किमाथांका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार संखुवासभा...