रास्वपाको पदाधिकारी अद्यावधिक : बोहोरा सह-कोषाध्यक्षबाट हटाइए – Naya Bikalpa
November 25, 2026, Wednesday      Epaper

रास्वपाको पदाधिकारी अद्यावधिक : बोहोरा सह-कोषाध्यक्षबाट हटाइए

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको विवरण अद्यावधिक गरेको छ । आयोगले बुधबार अद्यावधिक गरेको अभिलेखमा पार्टीको केन्द्रीय समिति ६२ सदस्यीय देखिन्छ ।

अद्यावधिक विवरणअनुसार कविन्द्र बुर्लाकोटी महामन्त्री बनेका छन् भने मनिष झालाई प्रवक्तामा पदोन्नति गरिएको छ । सहमहामन्त्री एक मात्र रहेका छन् । सुमना श्रेष्ठले सहमहामन्त्री पदबाट राजीनामा दिएपछि उनी हाल केन्द्रीय सदस्य मात्र छिन् ।

नयाँ सूचीमा योजना आयोगका पूर्व सदस्य अरनिको पाँडे पनि समावेश छन् ।

यसअघि पूर्वमहामन्त्री मुकुल ढकालले आयोगले पदाधिकारी हेरफेर नगरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । तर, मंगलबार सर्वोच्चले उनको रिट खारेज गरेपछि आयोगले रास्वपाको विवरण अद्यावधिक गरेको हो ।

अद्यावधिक सूचीमा सह-कोषाध्यक्षको जिम्मेवारीबाट दीपक बोहरालाई हटाएर केन्द्रीय सदस्यमा सीमित गरिएको छ । सह-कोषाध्यक्षमा अब बसुमाया तामाङ मात्र रहेकी छन्, जबकि कोषाध्यक्षमा लिमा अधिकारी छन् । बोहोराको नाम सहमहामन्त्रीका लागि प्रस्ताव भएको भए पनि यसबारे निर्णय भइसकेको छैन ।

निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ र नियमावली २०७४ को नियम २५ बमोजिम रास्वपाले पेश गरेको विवरण अभिलेखीकरण गरी पार्टीलाई जानकारी उपलब्ध गराउने निर्णय गरेको हो ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको पक्षमा अन्तरिम आदेश जारी गर्न सर्वोच्चद्वारा अस्वीकार
दानबहादुर कार्कीको पक्षमा अन्तरिम आदेश जारी गर्न सर्वोच्चद्वारा अस्वीकार
  • २०८२ श्रावण २८, १९: २५

काठमाडौं : सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आइजिपी) पदमा पुनर्बहाली गर्न माग गर्दै दायर गरिएको रिटमा अन्तरिम आदेश जारी...

नागरिक लगानी कोषको पुँजी १० अर्ब पुर्‍याउने प्रस्ताव, लगानीका क्षेत्र पनि विस्तार गरिने
नागरिक लगानी कोषको पुँजी १० अर्ब पुर्‍याउने प्रस्ताव, लगानीका क्षेत्र पनि विस्तार गरिने
  • २०८२ श्रावण २८, १९: २५

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको पुँजी वृद्धि गर्दै लगानीका क्षेत्र तथा वित्तीय उपकरणको दायरा विस्तार गर्ने प्रस्ताव...

चुनदेवी कांग्रेसको निदहराम, निर्वाचन आयोगले गर्‍यो कांग्रेसको आधिकारिकताको अद्यावधिक
चुनदेवी कांग्रेसको निदहराम, निर्वाचन आयोगले गर्‍यो कांग्रेसको आधिकारिकताको अद्यावधिक
  • २०८२ श्रावण २८, १९: २५

काठमाडौं : निर्वाचन आयोगले नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्व र संशोधित विधानलाई अद्यावधिक गरेको छ । निर्वाचन आयोगको...