
काठमाडौं : मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ।
त्यसकारण नेपालमा मनसुनको अवस्था कमजोर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शनिबार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने पूर्वानुमान छ।
दिउँसो लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशको पहाडी तथा तराई भू-भाग लगायत बाँकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
शनिबार राति कोशी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।
राति कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू-भाग लगायत बाँकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
काठमाडौँ : राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट ठेक्का...
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि प्रहरीले सुर्खेतबाट...
१. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...