विपिन जोशीको परिवारले गर्‍यो राष्ट्रपति पौडेलसँग भेट – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

विपिन जोशीको परिवारले गर्‍यो राष्ट्रपति पौडेलसँग भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीका आमा र बहिनीले भेट गरेका छन् ।इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनका आमा पद्मा र पुष्पा जोशीले इजरायल पुगेर राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर फर्किएका थिए।

विपिनका आमा पद्मा र बहिनी पुष्पाले इजरायलमा रहँदा त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न देशका राजदूतहरूलाई भेटेको र यो विषय अन्तर्राष्ट्रिय स्तरमा पुगेको बताए । उनीहरूले विपिनको रिहाइका लागि थप पहल गरिदिन पनि आग्रह गरे ।

आमा पद्माले आफ्नो छोरो विपिन निर्दोष विद्यार्थी भएको भन्दै मानवीय दृष्टिले पहल गर्न आग्रह गरे । सो अवसरमा राष्ट्रपति पौडेलले विपिनको रिहाइका आफूले थप प्रयास गर्ने बताए ।

सम्बन्धित समाचार

६ राजदूतलाई फिर्ता बोलाइयो
६ राजदूतलाई फिर्ता बोलाइयो
  • २०८२ भाद्र ८, १५: ३०

काठमाडौं । सरकारले ६ राजदूतलाई फिर्ता बोलाएको छ ।परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सरकारले ६ राजदूतलाई फिर्ता बोलाउने निर्णय...

नाइजेरियामा हतियारधारी समूहको आक्रमणमा १६२ जनाको हत्या
नाइजेरियामा हतियारधारी समूहको आक्रमणमा १६२ जनाको हत्या
  • २०८२ भाद्र ८, १५: ३०

काठमाडौं।नाइजेरियाको क्वारा प्रान्तमा बन्दुकधारीहरूको एक समूहले अन्धाधुन्ध आक्रमण गरी कम्तीमा १६२ जनाको हत्या गरेको छ ।रेड क्रसका क्वारा प्रान्तका सचिव...

हल्लाले गर्न सक्ने क्षति कम गर्न पनि  सर्वोच्च अदालतको तत्काल निर्णय आवश्यक
हल्लाले गर्न सक्ने क्षति कम गर्न पनि सर्वोच्च अदालतको तत्काल निर्णय आवश्यक
  • २०८२ भाद्र ८, १५: ३०

१.फेरि हल्ला सुरु भयो सूचना प्रविधिको आन्तरिक कुसूचनाका हल्लाले मुलुकहरुको अवस्था नाजुक हुन थालेको बेलामा नेपाल पनि सूचना प्रविधिको हल्लाका...