अफगानिस्तानमा शक्तिशाली भुकम्प – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

अफगानिस्तानमा शक्तिशाली भुकम्प

काठमाडौं। अफगानिस्तानमा आइतबार राति शक्तिशाली भूकम्प गएको छ ।पाकिस्तानको सीमानजिकैको दक्षिण–पूर्वी अफगानिस्तानमा गएको भूकम्पको तीव्रता ६.० म्यग्निच्युड मापन गरिएको छ ।
भूकम्पका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ । एक सयजना घाइते भएको बीबीसीले बताएको छ ।दर्जनौँ घरहरू भग्नावशेषमा परिणत भएको तालिवान सरकारका विभिन्न स्रोतहरूले बताएका छन् । मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको बीबसीले जनाएको छ ।

तालिवान सरकारका अधिकारीहरूले मानवीय संस्थाहरूलाई दुर्गम पहाडी क्षेत्रहरूमा उद्धार कार्यमा सहयोग गर्न आग्रह गरेका छन् । पहिरो र बाढीका कारण केही ठाउँमा हवाई मार्गबाट मात्र पुग्न सकिने बताइएको छ ।भूकम्पले काबुलदेखि ३०० किलोमिटर टाढा रहेको पाकिस्तानको राजधानी इस्लामाबादसम्मका भवनहरूलाई हल्लाएको बताइएको छ ।

अमेरिकी जियोलोजिकल सर्वेका अनुसार भूकम्पको केन्द्रबिन्दु नन्गरहार प्रान्तको जलालाबादनजिकै आठ  किलोमिटर गहिराइमा थियो ।आइतबार स्थानीय समयअनुसार राति ११ : ४७ बजे भूकम्प गएको थियो ।

सम्बन्धित समाचार

झापाको कचनकबलमा विद्यालय बस दुर्घटना: १३ विद्यार्थी घाइते, चालक फरार
झापाको कचनकबलमा विद्यालय बस दुर्घटना: १३ विद्यार्थी घाइते, चालक फरार
  • २०८२ भाद्र १६, ०७: ४१

काठमाडौं ।  झापाको कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना विद्यार्थी घाइते भएका छन्। विद्यापानी माध्यमिक विद्यालयको...

विश्व बजारमा कच्चा तेलको मूल्य उच्चविन्दुमा
विश्व बजारमा कच्चा तेलको मूल्य उच्चविन्दुमा
  • २०८२ भाद्र १६, ०७: ४१

काठमाडौँ। मध्यपूर्वमा बढ्दो तनावका बीच कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्दै प्रति ब्यारेल १२६ डलर नाघेको छ, जुन पछिल्ला चार...

आणविक सम्झौता स्वीकार गर्न इरानलाई ट्रम्पको चेतावनी
आणविक सम्झौता स्वीकार गर्न इरानलाई ट्रम्पको चेतावनी
  • २०८२ भाद्र १६, ०७: ४१

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चाँडै चतुरता देखाउन ९स्मार्ट हुन० र आणविक कार्यक्रमहरूमा कडा नियन्त्रणको माग पूरा गर्न चेतावनी दिएका...