युरोको मूल्य बढ्दो, आजका लागि विदेशी मुद्राको विनिमयदर – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

युरोको मूल्य बढ्दो, आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर स्थिर छ । तर युरो भने अघिल्लो दिनको तुलनामा बढेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा कायम भएको छ । आइतबार र सोमबार पनि डलर यही मूल्यमा कारोबार भएको थियो ।

आज अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९२ रुपैयाँ ७१ पैसा, क्यानेडियन डलर एकको खरिदर १०२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १०२ रुपैयाँ ९२ पैसा, युरोपियन युरो एकको खरिदर १६५ रुपैयाँ तीन पैसा र बिक्रीदर १६५ रुपैयाँ ७३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९० रुपैयाँ ४७ पैसा र बिक्रीदर १९१ रुपैयाँ २८ पैसा कायम भएको छ ।

यस्तै, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११० रुपैयाँ १९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७६ रुपैयाँ तीन पैसा र बिक्रीदर १७६ रुपैयाँ ७८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५ रुपैयाँ पाँच पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ११ पैसा र बिक्रीदर २२ रुपैयाँ २० पैसा तोकिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ ५७ पैसा र बिक्रीदर नौ रुपैयाँ ६१ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९ रुपैयाँ ८२ पैसा तोकिएको छ ।साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८० पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३६ पैसा र बिक्रीदर चार रुपैयाँ ३८ पैसा, यूएई दिराम एकको खरिददर ३८ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५० पैसा तोकिएको छ ।मलेसियन रिंगेट एकको खरिददर ३३ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ११ पैसा र बिक्रीदर १० रुपैयाँ १५ पैसा कायम गरिएको छ ।

स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५ रुपैयाँ पाँच पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ११ पैसा र बिक्रीदर २२ रुपैयाँ २० पैसा तोकिएको छ ।राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १८ रुपैयाँ ६ पैसा र बिक्रीदर १८ रुपैयाँ १४ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रुपैयाँ ८३ पैसा र बिक्रीदर ४६२ रुपैयाँ ७९ पैसा तोकेको छ ।

बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७५ रुपैयाँ १२ पैसा, ओमनी रियाल एकको खरिददर ३६५ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ३४ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

 

सम्बन्धित समाचार

सुनचाँदीको मूल्य वृद्धि
सुनचाँदीको मूल्य वृद्धि
  • २०८२ भाद्र १७, ०७: २३

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन प्रतितोला रु तीन हजार ४०० र चाँदी रु १३५ ले...

सुनचाँदीको मूल्यमा केही गिरावट
सुनचाँदीको मूल्यमा केही गिरावट
  • २०८२ भाद्र १७, ०७: २३

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु...

सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
  • २०८२ भाद्र १७, ०७: २३

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुनको मूल्य तोलामा १,८०० रुपैयाँले...