कैदीबन्दीहरूलाई कारागार फर्कन र हतियार फिर्ता गर्न आयोगको आग्रह – Naya Bikalpa
June 18, 2026, Thursday      Epaper

कैदीबन्दीहरूलाई कारागार फर्कन र हतियार फिर्ता गर्न आयोगको आग्रह

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले हालै भएको जेन जेड आन्दोलनका क्रममा कारागारबाट भागेका कैदी बन्दीहरूलाई तत्काल सम्बन्धित कारागारमा फर्कन आग्रह गरेको छ ।

आयोगले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै राजधानीसहित देशका विभिन्न भागमा भदौ २३ र २४ गते भएको जेन जेडको प्रदर्शनको क्रममा कारागारबाट भागेका कैदी बन्दीहरूका कारण समाजमा त्रास र असुरक्षा बढेको भन्दै यस विषयलाई गम्भीरतापूर्वक लिएको जनाएको हो ।

आयोगका अनुसार, भागेका कैदीबन्दीहरूले अपराध पीडितको हकमाथि असर पारेको र विशेषगरी महिला, बालबालिका तथा अपराध पीडित परिवारमा मनोवैज्ञानिक त्रास सिर्जना भएको पाइएको छ । विज्ञप्तिमा सुरक्षा निकायलाई कैदी बन्दीहरूको खोजी कार्यलाई तीव्रता दिन र उनीहरूलाई पनि कानुनी शासनको सम्मान गर्न आह्वान गरिएको छ ।

यस्तै आयोगले आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले नियन्त्रणमा लिएका नेपाल प्रहरीका हतियार र पोशाक फिर्ता गर्नसमेत आग्रह गरेको छ । यी हतियारको दुरुपयोग भएर हिंसात्मक गतिविधि हुन सक्ने भन्दै आयोगले यसलाई गैरकानुनी कार्यको रूपमा व्याख्या गरेको छ ।

आयोगका प्रवक्ता सहसचिव डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिले समाजमा शान्ति, सुरक्षा र कानुनी शासन कायम गर्न सबैको सहयोग आवश्यक रहेकोमा जोड दिएको छ ।

सम्बन्धित समाचार

जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
  • २०८२ भाद्र २८, १३: ३५

काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...

दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
  • २०८२ भाद्र २८, १३: ३५

काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...

सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
  • २०८२ भाद्र २८, १३: ३५

काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...