
काठमाडौंः प्रतिनिधि सभा विघटन भएसँगै ३० वटा विधेयक निष्क्रिय भएका छन् । जसमा प्रतिनिधि सभाका २१ वटा सरकारी विधेयक र २ वटा गैरसरकारी विधेयक रहेका छन् । राष्ट्रिय सभाका ७ वटा विधेयक निष्क्रिय भएका हुन् ।
२०७९ मंसिर ४ गते सम्पन्न भएकाे चुनावबाट आएको प्रतिनिधि सभामा उत्पति भएका जम्मा २३ वटा विधेयक निष्क्रिय भएकाे जनाइएकाे छ । ।
प्रतिनिधि सभा विघटन भएको अवस्थामा प्रतिनिधिसभामा विचाराधीन रहेका वा प्रतिनिधि सभाबाट पारित भइ राष्ट्रिय सभामा गएका विधेयक निष्क्रिय हुने प्रावधान छ । यस्तो प्रावधान संविधानको धारा १११ मा उल्लेख छ।
काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...
काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...
काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...