आज यी स्थानमा भारी वर्षा हुने – Naya Bikalpa
June 18, 2026, Thursday      Epaper

आज यी स्थानमा भारी वर्षा हुने


काठमाडौं : आइतबार मनसुन पुनः सक्रिय देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पानी पार्ने प्रणाली (मनसुनको न्यूनचापीय रेखा) सरदर अर्थात् भारततर्फ नै अवस्थित छ।

आइतबार देशभर साधारणतया बदली रहने महाशाखाले जानकारी दिएको छ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाड र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ।

आइतबार दिउँसो कोशी र मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

आज राति देशभर साधारणतया बदली रहने महाशाखाले जानकारी दिएको छ।

देशका पहाडी भू–भागका केही तथा तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

कोशी प्रदेशलगायत बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

यसैबीच मौसम विज्ञागका अनुसार अहिले बर्दिया र झापामा पछिल्लो तीन घन्टादेखि भारी वर्षा भइरहेको छ। बर्दियाको रम्भापुरमा पछिल्लो तीन घन्टामा ४९.८ मिलिमिटर र झापाको केचनामा १०८.२ मिलिमिटर वर्षा भएको छ।

सम्बन्धित समाचार

जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
  • २०८२ भाद्र २९, ०७: ४६

काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...

दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
  • २०८२ भाद्र २९, ०७: ४६

काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...

सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
  • २०८२ भाद्र २९, ०७: ४६

काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...