सवारी लाइसेन्स छपाइ र वितरण अनिश्चितकालका लागि बन्द – Naya Bikalpa
June 18, 2026, Thursday      Epaper

सवारी लाइसेन्स छपाइ र वितरण अनिश्चितकालका लागि बन्द

काठमाडौं : सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को छपाइ र वितरण कार्य अनिश्चितकालका लागि बन्द भएको छ । यातायात व्यवस्था विभागले लाइसेन्सको छपाइ र वितरणसहित सूचना प्रविधिमा आधारित सबै सेवा अर्को सूचना नआएसम्मका लागि बन्द भएको जनाएको छ ।

भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा विभागका कार्यालयहरूमा भएको तोडफोड र आगजनीले लाइसेन्स छपाइ गर्ने मेसिन, इलेक्ट्रोनिक उपकरण र सर्भरमा गम्भीर क्षति पुगेको छ । यसले गर्दा लाइसेन्स वितरण र विद्युतीय सवारी साधन दर्तासम्बन्धी सेवाहरू पूर्ण रूपमा ठप्प भएको विभागले बताएको छ ।

“विरोध प्रदर्शनका क्रममा कार्यालयका महत्वपूर्ण उपकरण र प्रणालीमा क्षति पुगेको कारण अहिले सेवा सञ्चालन गर्न सम्भव छैन । अर्को सूचना जारी नभएसम्म सबै सेवा बन्द रहनेछन्,” विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस अवरोधले लाइसेन्स लिन पर्खिरहेका हजारौं सेवाग्राही प्रभावित हुने देखिएको छ । विभागले स्थिति सामान्य भएपछि सेवाहरू पुनः सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

सम्बन्धित समाचार

जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
  • २०८२ भाद्र २९, १५: १०

काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...

दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
  • २०८२ भाद्र २९, १५: १०

काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...

सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
  • २०८२ भाद्र २९, १५: १०

काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...