
काठमाडौं : सुदन गुरूङ समूहले आइतबार राति प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गरेको छ।
आफूहरूसँग सल्लाह नै नगरी मन्त्रिपरिषद् विस्तार गरिएको भन्दै जेन–जीको अगुवा दाबी गर्ने सुदन गुरूङ समूहले प्रधानमन्त्री निवास बालुवाटारअगाडि प्रदर्शन र नाराबाजी गरेको हो। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामासमेत मागेका थिए।
‘हामी फेरि सडकमा आयौं भने कसैले रोक्न सक्दैन। जुन ठाउँमा हामीले राखेका छौं। त्यहीँबाट थुतेर निकाल्छौं,’ नाराबाजी गर्न पुगेका गुरूङले आक्रोशित मुद्रामा भने, ‘ओमप्रकाश अर्याल, लयर.. उनले आफै गृहमन्त्री बनाउँदा रहेछन्, भित्र बसेर!,’ उनले भने।
उनले आन्दोलनका घाइते, मृतककासमेत आफन्त लिएर प्रदर्शन गर्न गएका थिए।
काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...
काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...
काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...