डा. सन्दुक रुइतद्वारा मन्त्री बन्न अस्वीकार – Naya Bikalpa
November 15, 2025, Saturday      Epaper

डा. सन्दुक रुइतद्वारा मन्त्री बन्न अस्वीकार

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार तिलगंगा आँखा प्रतिष्ठान पुगेर प्रख्यात नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतसँग भेटवार्ता गरेकी छन् । भेटमा प्रधानमन्त्री कार्कीले डा. रुइतलाई आफ्नो नेतृत्वको अन्तरिम सरकारमा सहभागी भएर सहयोग गर्न आग्रह गरेकी थिइन् ।

विशेष परिस्थितिमा सरकारको नेतृत्व सम्हाल्नुपरेको भन्दै प्रधानमन्त्री कार्कीले डा. रुइतलाई मन्त्री पदका लागि प्रस्ताव राखेकी थिइन् । तर डा. रुइतले आफ्नो चिकित्सकीय जिम्मेवारी र बिरामीको सेवालाई प्राथमिकता दिने भन्दै मन्त्री बन्न अस्वीकार गरेका छन् ।

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै डा. रुइतले भने, “यहाँ अस्पतालमा बिरामीको सेवा छ, यति धेरै काम छ, यो सबै छोडेर मन्त्री बन्न सकिँदैन ।” उनले आफ्नो पेशाप्रतिको प्रतिबद्धता दोहोर्‍याउँदै बिरामीको सेवामा निरन्तर लागिरहने बताए ।

जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारमा मन्त्रीका रूपमा डा. रुइतको नाम चर्चामा आएको थियो । तर उनले बारम्बार आफ्नो चिकित्सकीय पेशामार्फत नै समाजसेवा गर्ने अडान राख्दै आएका छन् ।

प्रधानमन्त्री कार्कीले गत शुक्रबार अन्तरिम सरकारको नेतृत्व सम्हालेकी थिइन् । हाल तीन मन्त्री नियुक्त भइसकेका छन् भने सरकारलाई पूर्णता दिने तयारी भइरहेको छ ।

सम्बन्धित समाचार

धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या
धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या
  • २०८२ भाद्र ३१, १२: ५५

धनुषा : मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको गोली प्रहार गरी हत्या गरिएको छ । आज साँझ अपरिचित...

सेनाद्वारा चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार
सेनाद्वारा चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार
  • २०८२ भाद्र ३१, १२: ५५

काठमाडौं : नेपाली सेनाले पाँच जना नेपाल प्रहरीका सकल दर्जालाइ उद्धार गरी थप उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पुर्‍याएको...

रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी, बाबुराम र जनार्दनसँग  गरे पाँच बुँदे सहमति
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी, बाबुराम र जनार्दनसँग गरे पाँच बुँदे सहमति
  • २०८२ भाद्र ३१, १२: ५५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सभापति रवि लामिछानेका प्रियपात्रमध्ये एक थिए सन्तोष परियार । तर, रविलाई नै थाहा...