डा. सन्दुक रुइतद्वारा मन्त्री बन्न अस्वीकार – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

डा. सन्दुक रुइतद्वारा मन्त्री बन्न अस्वीकार

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार तिलगंगा आँखा प्रतिष्ठान पुगेर प्रख्यात नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतसँग भेटवार्ता गरेकी छन् । भेटमा प्रधानमन्त्री कार्कीले डा. रुइतलाई आफ्नो नेतृत्वको अन्तरिम सरकारमा सहभागी भएर सहयोग गर्न आग्रह गरेकी थिइन् ।

विशेष परिस्थितिमा सरकारको नेतृत्व सम्हाल्नुपरेको भन्दै प्रधानमन्त्री कार्कीले डा. रुइतलाई मन्त्री पदका लागि प्रस्ताव राखेकी थिइन् । तर डा. रुइतले आफ्नो चिकित्सकीय जिम्मेवारी र बिरामीको सेवालाई प्राथमिकता दिने भन्दै मन्त्री बन्न अस्वीकार गरेका छन् ।

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै डा. रुइतले भने, “यहाँ अस्पतालमा बिरामीको सेवा छ, यति धेरै काम छ, यो सबै छोडेर मन्त्री बन्न सकिँदैन ।” उनले आफ्नो पेशाप्रतिको प्रतिबद्धता दोहोर्‍याउँदै बिरामीको सेवामा निरन्तर लागिरहने बताए ।

जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारमा मन्त्रीका रूपमा डा. रुइतको नाम चर्चामा आएको थियो । तर उनले बारम्बार आफ्नो चिकित्सकीय पेशामार्फत नै समाजसेवा गर्ने अडान राख्दै आएका छन् ।

प्रधानमन्त्री कार्कीले गत शुक्रबार अन्तरिम सरकारको नेतृत्व सम्हालेकी थिइन् । हाल तीन मन्त्री नियुक्त भइसकेका छन् भने सरकारलाई पूर्णता दिने तयारी भइरहेको छ ।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८२ भाद्र ३१, १२: ५५

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...

आज यी स्थानमा वर्षाको सम्भावना
आज यी स्थानमा वर्षाको सम्भावना
  • २०८२ भाद्र ३१, १२: ५५

काठमाडौं : हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव छ। जल...

भारत–नेपाल सहकार्यमा त्रिविमा योग अभ्यास, आयुर्वेद प्रदर्शनी र मानसिक स्वास्थ्यबारे व्याख्यान
भारत–नेपाल सहकार्यमा त्रिविमा योग अभ्यास, आयुर्वेद प्रदर्शनी र मानसिक स्वास्थ्यबारे व्याख्यान
  • २०८२ भाद्र ३१, १२: ५५

का७माडौं : १२औं अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा नेपालस्थित भारतीय दूतावास र त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पसको संयुक्त आयोजनामा योग अभ्यास, आयुर्वेद...