दशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

दशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा

काठमाडौं : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले वि.सं. २०८२ को दशैं पर्वका लागि शुभ साइतहरू सार्वजनिक गरेको छ । सार्वजनिक साइतअनुसार यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको समितिले जनाएको छ ।

यस वर्षको दशैं असोज ६ गते सोमबारदेखि सुरु हुनेछ । सो दिन बिहान ९:१३ बजे घटस्थापनाको शुभ साइत रहेको छ । त्यसैगरी, असोज ७ गते मंगलबार बिहान ९:५३ बजे झण्डा फेर्ने साइत तोकिएको छ, जसमा पूर्व दिशा फर्कनुपर्ने जनाइएको छ । असोज ११ गते शनिबार श्रीपचली भैरव यात्रा आयोजना हुनेछ ।

असोज १३ गते सोमबार फूलपातीको साइत बिहान ७:१७ बजे रहेको छ भने सोही समयमा श्री तुलजा भवानी यात्रा पनि हुनेछ । त्यही दिन बिहान ९:२३ बजे स्थिरासनको साइत तोकिएको छ । असोज १४ गते मंगलबार महाष्टमी र कालरात्रि पर्व मनाइनेछ भने असोज १५ गते बुधबार महानवमीको पूजा गरिनेछ ।

दशैंको मुख्य दिन विजया दशमी असोज १६ गते बिहीबार परेको छ । सो दिन बिहान ९:२३ बजे देवी विसर्जनको साइत छ भने बिहान ११:५३ बजे टीका लगाउने उत्तम साइत रहेको छ । टीका लगाउँदा पूर्व दिशा फर्कनुपर्ने समितिले जनाएको छ । त्यही दिन दिउँसो १२:१९ बजे श्री तुलजा भवानी यात्रा र १:१७ बजे स्थिरासनको साइत छ । साथै, खड्ग यात्रा पनि सोही दिन आयोजना हुनेछ ।

दशैंको समापन असोज २० गते सोमबार अखिल बलिपूर्ति र कोजाग्रत पूर्णिमा व्रतका साथ हुनेछ । समितिले यी साइतहरू पालना गरी धार्मिक र सांस्कृतिक महत्त्व बोकेको दशैं पर्वलाई उत्साहपूर्वक मनाउन सबैलाई आग्रह गरेको छ ।

सम्बन्धित समाचार

जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
  • २०८२ भाद्र ३१, १९: १९

काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...

दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
  • २०८२ भाद्र ३१, १९: १९

काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...

सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
  • २०८२ भाद्र ३१, १९: १९

काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...