
काठमाडौं : जनमत पार्टीका पदाधिकारीसहितले अध्यक्ष पदबाट राजीनामा दिन सिके राउतलाई आग्रह गरेका छन् ।
वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता शरदसिंह यादव, जनमत युवा संघका संयोजक सञ्जयकुमार यादवलगायतका ६ नेताले आज सामूहिक हस्ताक्षर गरी २४ घण्टाभित्र राजीनामा माग गरेका हुन् ।
जनताको भरोसा र समर्थनले पार्टीलाई राष्ट्रिय पार्टीको मान्यता दिए पनि पछिल्लो शीर्ष नेतृत्वबाट कमजोर कार्यशैली, निर्णय प्रक्रियामा पारदर्शीता अभाव तथा जनभावना विपरित गतिविधि देखिएको उनीहरुको भनाइ छ ।
अध्यक्षलाई सम्बोधन गरिएको पत्रमा भनिएको छ, “मुलुकको राजनीतिक, सामाजिक तथा प्रशासनिक प्रणालीमा व्यापक शुद्धीकरणको आवश्यकता दिन प्रतिदिन तीव्र रूपमा महसुस भइरहेका बेला जनमत पार्टीलेसमेत आत्मसमीक्षा गर्दै परिवर्तनको मार्ग अपनाउनु अत्यावश्यक भइसकेको छ ।”
काठमाडौं : आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन जारी छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा...
काठमाडौँ : नेपालले जलवायु परिवर्तनका सम्बन्धमा विश्वसामु साझा सहकार्य, जलवायु न्याय र दिगो भविष्यका लागि तत्कालीन कार्यको आह्वान गरेको छ...
काठमाडौं : हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको छ । जितका लागि नेपालले दिएको...