काठमाडौँ । हङकङमा सुपर टाइफुन रागासाका कारण दुई दिनदेखि भारी वर्षा भइरहेको छ । रोयटर्सका अनुसार यो २०२५ को सबैभन्दा खतरनाक आँधी हो । यसको प्रभाव ताइवान र चीनसम्म महसुस भइरहेको छ । ताइवानमा आँधीका कारण १४ जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन् ।
ताइवानको पूर्वी हुवालियनको गुआङ्फु शहरमा ताल फुट्दा ठूलो बाढी आएको हो । रागासाले ताइवानलाई प्रभावित गर्दै दक्षिण चीनको तटीय क्षेत्रतर्फ अघि बढिरहेको छ । शक्तिशाली हावाका कारण हङकङ र दक्षिण चीनका केही भागमा पनि उच्च सतर्कता अपनाइएको छ । हङकङमा आज पनि विद्यालय बन्द गरिएको छ ।
ताइवानको अवस्था अझ भयावह भएको बताइएको छ । भारी वर्षाका कारण पहिरो र बाढी आएको छ भने राहत र उद्धार कार्य जारी छ ।
खराब मौसमका कारण सेना र उद्धार टोलीहरूले कठिनाइको सामना गरिरहेका छन् । धेरै क्षेत्रहरूमा बिजुली र सञ्चार सेवाहरू अवरुद्ध भएका छन्, जसले गर्दा स्थानीय बासिन्दाहरूलाई ठूलो समस्या भएको छ ।
रागासाले ताइवानलाई प्रभावित गर्दै दक्षिण चीनको तटीय क्षेत्रतर्फ अघि बढिरहेको छ । शक्तिशाली हावाका कारण हङकङ र दक्षिण चीनका केही भागमा पनि उच्च सतर्कता अपनाइएको छ । हङकङमा आज पनि विद्यालय बन्द गरिएको छ । चीनको ग्वाङदोङ प्रान्तबाट तीन लाख ७० हजारभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । ‘रागासा’ आँधी ग्वाङदोङमा बज्रिने मौसमविद्को अनुमान छ । यो आँधीले यसअघि फिलिपिन्समा प्रभाव पारेको थियो ।
काठमाडौं। हमासले ४८ जना बन्धकहरुको तस्बिर सार्वजनिक गरेको छ।शनिबार हमासको कासम ब्रिगेडले टेलिग्राममार्फत बिदाइ तस्बिर भनेर ४८ बन्धकको फोटो रहेको...
काठमाडौं।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले नेपालको अवस्था नियालिरहेको बताएका छन् ।नेपालको पछिल्लो अवस्थाबारे सामाजिक सञ्जाल एक्समा धारणा राख्दै मानवीय क्षतिप्रति...
काठमाडौं।अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प जाँदा मृत्यु हुनेको संख्या ८ सय बढी पुगेको छ।भूकम्पमा परी ८०० जना भन्दा बढीले ज्यान गुमाएको...