
काठमाडौँ । हङकङमा सुपर टाइफुन रागासाका कारण दुई दिनदेखि भारी वर्षा भइरहेको छ । रोयटर्सका अनुसार यो २०२५ को सबैभन्दा खतरनाक आँधी हो । यसको प्रभाव ताइवान र चीनसम्म महसुस भइरहेको छ । ताइवानमा आँधीका कारण १४ जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन् ।
ताइवानको पूर्वी हुवालियनको गुआङ्फु शहरमा ताल फुट्दा ठूलो बाढी आएको हो । रागासाले ताइवानलाई प्रभावित गर्दै दक्षिण चीनको तटीय क्षेत्रतर्फ अघि बढिरहेको छ । शक्तिशाली हावाका कारण हङकङ र दक्षिण चीनका केही भागमा पनि उच्च सतर्कता अपनाइएको छ । हङकङमा आज पनि विद्यालय बन्द गरिएको छ ।
ताइवानको अवस्था अझ भयावह भएको बताइएको छ । भारी वर्षाका कारण पहिरो र बाढी आएको छ भने राहत र उद्धार कार्य जारी छ ।
खराब मौसमका कारण सेना र उद्धार टोलीहरूले कठिनाइको सामना गरिरहेका छन् । धेरै क्षेत्रहरूमा बिजुली र सञ्चार सेवाहरू अवरुद्ध भएका छन्, जसले गर्दा स्थानीय बासिन्दाहरूलाई ठूलो समस्या भएको छ ।
रागासाले ताइवानलाई प्रभावित गर्दै दक्षिण चीनको तटीय क्षेत्रतर्फ अघि बढिरहेको छ । शक्तिशाली हावाका कारण हङकङ र दक्षिण चीनका केही भागमा पनि उच्च सतर्कता अपनाइएको छ । हङकङमा आज पनि विद्यालय बन्द गरिएको छ । चीनको ग्वाङदोङ प्रान्तबाट तीन लाख ७० हजारभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । ‘रागासा’ आँधी ग्वाङदोङमा बज्रिने मौसमविद्को अनुमान छ । यो आँधीले यसअघि फिलिपिन्समा प्रभाव पारेको थियो ।
काठमाडौँ।अमेरिका र इरानबिच जारी युद्ध अन्त्य गर्ने प्रयास असफल भएसँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा तीव्र वृद्धि भएको छ। अमेरिकी...
काठमाडौँ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई हतियार नदिन चीनलाई चेतावनी दिएका छन्। चीनले इरानलाई हतियार पठाउन लागेको भनेर अमेरिकी खुफिया संस्थाको...
काठमाडौँ : इरान र अमेरिकाबीच पहिलो दिन करिब १४ घण्टासम्म वार्ता भएको छ । पाकिस्तानको राजधानी इस्लामाबादमा भएको यस युद्धविरामसम्बन्धी...