दशैँ बिदाअघि शेयर बजार बढ्यो, २ अर्ब ९३ करोडको कारोबार – Naya Bikalpa
June 9, 2026, Tuesday      Epaper

दशैँ बिदाअघि शेयर बजार बढ्यो, २ अर्ब ९३ करोडको कारोबार

काठमाण्डाै|  हिजो र अस्ति घटेको शेयर बजार आज बढेको छ । दशैँ बिदाअघि शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ५१ अङ्कले बढेर २ हाजर ६ सय ६३ दशमलव ५१ विन्दुमा पुगेको छ ।

आज ३१४ कम्पनिका ७५ लाख ११ हजार १९३ कित्ता शेयर २ अर्ब ९३ करोड ५९ लाख १४ हजार ९१० मा कारोबार भएको थियो । आज होटल, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयरमा वृद्धि भएको छ ।

आज ग्लोबल आइएमइ समुन्नत योजनाको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सिक्लेस हाइड्रोको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

आज कारोबारमा आएका १३ मध्ये तीन समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक बढेको छ । होटल तथा पर्यटन, ‘अन्य’, र व्यापार समूहको परिसूचक घटेको छ । होटल तथा पर्यटन समूहको ०.१५ प्रतिशत, ‘अन्य’ समूहको ०.१४ प्रतिशत र व्यापार समूहको परिसूचक १.२८ प्रतिशतले घटेको छ ।

यस वर्षको दशैँ बिदा भोलिदेखि शुरू हुँदैछ । अब शेयर बजार असोज १९ गते आइतवार खुल्नेछ ।

सम्बन्धित समाचार

तोलामा दुई हजारले बढ्यो सुनको मूल्य
तोलामा दुई हजारले बढ्यो सुनको मूल्य
  • २०८२ आश्विन १२, १६: २६

काठमाडौं : स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु दुई हजारले बढेको छ । सोमबार प्रतितोला रु दुई लाख ९९ हजार...

बढ्यो अमेरिकी डलरको भाउ
बढ्यो अमेरिकी डलरको भाउ
  • २०८२ आश्विन १२, १६: २६

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी...

नेप्सेमा लगातार गिरावट : सोमबार २०.२७ अंकले घट्यो, कारोबार ४ अर्ब रुपैयाँमाथि
नेप्सेमा लगातार गिरावट : सोमबार २०.२७ अंकले घट्यो, कारोबार ४ अर्ब रुपैयाँमाथि
  • २०८२ आश्विन १२, १६: २६

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सोमबार पनि दोहोरो अंकले घटेको छ । आज नेप्से २०.२७ अंकले ओरालो...