एक खेल अगावै शृंखलाको उपाधि जितेको नेपालले अन्तिम खेल हार्यो – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

एक खेल अगावै शृंखलाको उपाधि जितेको नेपालले अन्तिम खेल हार्यो

काठमाडौं ।युनिटी कप टी–२० क्रिकेट शृंखलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ । मंगलबार राति यूएईको शारजाह क्रिकेट मैदानमा सम्पन्न अन्तिम खेलमा नेपाल १० विकेटले पराजित भएको हो ।जितका लागि १२३ रनको सामान्य लक्ष्य पाएको वेस्ट इन्डिजले १२.२ ओभरमै कुनै विकेट नगुमाएर लक्ष्य भेटायो । वेस्ट इन्डिजको जितमा अमिर जांगोले ४५ र अकिम अगस्टेले ४१ रन बनाए । वेस्ट इन्डिजले अतिरिक्त आठ रन पाएको हो ।
टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको नेपालले १९.५ ओभरमा १२२ रन बनाएको थियो ।नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए । उनीबाहेक कप्तान रोहित पौडेलले १७ र कुशल मल्लले १२ रनको योगदान गरे । सन्दीप जोराले १४ रन बनाए । बाँकी कुनै पनि ब्याट्सम्यानले उल्लेखनीय स्कोर बनाउन सकेनन् ।

वेस्ट इन्डिजका बलरले उत्कृष्ट प्रदर्शन गरे । ‍तीव्र गतिका बलर रामोन सिमोन्ड्स सर्वाधिक सफल रहे । उनले चार विकेट लिए । जेडिया ब्लेड्सले २ विकेट लिए । जेसन होल्डर र स्पिनर अकिल होसेन दुवैले एक–एक विकेट लिए ।आजको खेलमा पराजित भए पनि वेस्ट इन्डिजविरुद्धको टी–२० क्रिकेट शृंखलाको उपाधि नेपालले जितिसकेको छ । नेपालले वेस्ट इन्डिजलाई पहिलो खेलमा १९ रनले हराएको थियो ।
दोस्रो खेलमा नेपाल ९० रनको सानदार जित निकालेको थियो ।तर अन्तिम खेलमा भने १० विकेटले पराजित हुनपुग्यो ।

सम्बन्धित समाचार

नेपाल र युएईबीच आज रोमाञ्चक भिडन्त, लिग–२ मा महत्वपूर्ण खेल
नेपाल र युएईबीच आज रोमाञ्चक भिडन्त, लिग–२ मा महत्वपूर्ण खेल
  • २०८२ आश्विन १५, ०७: ४३

काठमाडौँ ।  आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र युएईबीच महत्वपूर्ण खेल हुँदैछ। खेल त्रिवि क्रिकेट मैदान मा बिहान...

डीएलएस प्रणालीका आधारमा घरेलु मैदानमा नेपाल ओमानसँग पराजित
डीएलएस प्रणालीका आधारमा घरेलु मैदानमा नेपाल ओमानसँग पराजित
  • २०८२ आश्विन १५, ०७: ४३

काठमाडौं । ओमानले क्रिकेट विश्वकप लिग–२ मा नेपाललाई डीएलएस प्रणालीका आधारमा १०२ रनले पराजित गरेको छ ।यो जितसँगै ओमानले लिग–२...

ओमानसँग नेपाल पराजित
ओमानसँग नेपाल पराजित
  • २०८२ आश्विन १५, ०७: ४३

काठमाडौं : आइसिसी  विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा...