एक खेल अगावै शृंखलाको उपाधि जितेको नेपालले अन्तिम खेल हार्यो – Naya Bikalpa
October 1, 2025, Wednesday      Epaper

एक खेल अगावै शृंखलाको उपाधि जितेको नेपालले अन्तिम खेल हार्यो

काठमाडौं ।युनिटी कप टी–२० क्रिकेट शृंखलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ । मंगलबार राति यूएईको शारजाह क्रिकेट मैदानमा सम्पन्न अन्तिम खेलमा नेपाल १० विकेटले पराजित भएको हो ।जितका लागि १२३ रनको सामान्य लक्ष्य पाएको वेस्ट इन्डिजले १२.२ ओभरमै कुनै विकेट नगुमाएर लक्ष्य भेटायो । वेस्ट इन्डिजको जितमा अमिर जांगोले ४५ र अकिम अगस्टेले ४१ रन बनाए । वेस्ट इन्डिजले अतिरिक्त आठ रन पाएको हो ।
टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको नेपालले १९.५ ओभरमा १२२ रन बनाएको थियो ।नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए । उनीबाहेक कप्तान रोहित पौडेलले १७ र कुशल मल्लले १२ रनको योगदान गरे । सन्दीप जोराले १४ रन बनाए । बाँकी कुनै पनि ब्याट्सम्यानले उल्लेखनीय स्कोर बनाउन सकेनन् ।

वेस्ट इन्डिजका बलरले उत्कृष्ट प्रदर्शन गरे । ‍तीव्र गतिका बलर रामोन सिमोन्ड्स सर्वाधिक सफल रहे । उनले चार विकेट लिए । जेडिया ब्लेड्सले २ विकेट लिए । जेसन होल्डर र स्पिनर अकिल होसेन दुवैले एक–एक विकेट लिए ।आजको खेलमा पराजित भए पनि वेस्ट इन्डिजविरुद्धको टी–२० क्रिकेट शृंखलाको उपाधि नेपालले जितिसकेको छ । नेपालले वेस्ट इन्डिजलाई पहिलो खेलमा १९ रनले हराएको थियो ।
दोस्रो खेलमा नेपाल ९० रनको सानदार जित निकालेको थियो ।तर अन्तिम खेलमा भने १० विकेटले पराजित हुनपुग्यो ।

सम्बन्धित समाचार

तेस्रो खेलमा नेपाल वेस्ट इण्डिजसँग पराजित
तेस्रो खेलमा नेपाल वेस्ट इण्डिजसँग पराजित
  • २०८२ आश्विन १५, ०७: ४३

काठमाडौं : युनिटी कप टि ट्वान्टी आई सिरिजको तेस्रो तथा अन्तिम  खेलमा नेपाल वेस्ट इण्डिजसँग पराजित भएको छ । संयुक्त अरब...

युनिटी कप टी–२० शृंखला नेपालले जित्यो
युनिटी कप टी–२० शृंखला नेपालले जित्यो
  • २०८२ आश्विन १५, ०७: ४३

काठमाडौं : नेपाल वेस्ट इन्डिजलाई पराजित गर्दै युनिटी कप टी–२० शृंखलामा एक खेल अगावै विजयी भएको छ । संयुक्त अरब...

नेपालद्धारा पहिलो श्रृँखलामा वेस्ट इन्डिजसंग जीत दर्ता
नेपालद्धारा पहिलो श्रृँखलामा वेस्ट इन्डिजसंग जीत दर्ता
  • २०८२ आश्विन १५, ०७: ४३

काठमाडौं। शनिबार राति युएईको शारजाहमा भएको तीन खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गरेको थियो।यो...