काठमाडौँ । इजरायलले गाजामा युद्धविराम लागू गर्ने र बन्धकहरूलाई रिहा गर्ने सम्झौतालाई अनुमोदन गरेको छ ।हमासले मुक्त गराउन लागेको २० जना युद्धवन्दीको नामावली सार्वजनिक भएको छ। तर, यो नामावलीमा नेपालका विपिन जोशीको नाम भने समावेश छैन।
अमेरिकाको पहलमा इजरायल र हमास दुई वर्षदेखिको युद्ध रोक्न बिहीबार सहमत भएका थिए । त्यसको पहिलोचरणमा हमासको कब्जामा रहेका जीवित र मृतक गरी ५० जनालाई छाड्ने सहमति भएको थियो ।यससँगै नेपालका विपीन जोशी पनि रिहाइ हुने आश गरिएको थियो । राजदूत पण्डितले भने जोशीको अवस्था अझै अज्ञात रहेको बताएका छन् ।
त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार मंगलबारसम्म हमासले बन्धक बनाएका सबै जना रिहा हुने बताइएका छन् । सिएनएनका अनुसार हाल हमासको नियन्त्रणमा रहेका २० जना जीवित रहेका छन् । त्यस्तै नेपालका विपिन जोशी र इजरायलका सैनिक तामिर निमरोदीको अवस्था अज्ञात रहेको छ । त्यस्तै हमासले बन्धक बनाएका अन्य २६ जनाको मृत्यु भएको छ ।
इजरायलको किवुत्ज शहरबाट हमासको कब्जामा परेका विपिनको अवस्था कस्तो छ भन्ने अहिलेसम्म स्पष्ट छैन ।
काठमाडौं।पाकिस्तानी र अफगानी सेनाबीच सीमाना भएको गोली हानाहानमा दर्जनौं सेना मारिएका छन्।शनिबार राति सीमावर्ती खोस्त, पक्तिका, कुनर, नान्गारहार, पक्तिया र...
काठमाडौं। इसराइल र हमासबीच युद्धविराम सम्झौता भएको छ।इजिप्टमा सोमबारदेखि जारी अप्रत्यक्ष वार्तापछि बिहीबार बिहान युद्धविराम सम्झौता भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार...
काठमाडौं : इजरायल र हमासबीच युद्धविराम सहमति भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा बनेको शान्ति योजनाको पहिलो चरणमा...