राजीनामाको चेतावनी दिएको छैन : प्रहरी महानिरीक्षक खापुङ – Naya Bikalpa
April 14, 2026, Tuesday      Epaper

राजीनामाको चेतावनी दिएको छैन : प्रहरी महानिरीक्षक खापुङ

काठमाडौं : नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) चन्द्रकुबेर खापुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब आए राजीनामा दिने भन्ने कुनै पनि अभिव्यक्ति आफूले नदिएको स्पष्ट पारेका छन् ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै केन्द्रीय प्रहरी प्रवक्ता एवं डिआइजी विनोद घिमिरेले आइजिपी खापुङले त्यस्तो अभिव्यक्ति नदिएको स्पष्ट पारेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, “प्रहरी महानिरीक्षकले कुनै पनि मञ्च वा छलफलमा यस्तो आशयको कुरा व्यक्त गर्नुभएको छैन । विभिन्न सञ्चारमाध्यममा आएका यस्ता समाचार निराधार छन् ।”

हालै प्रधानमन्त्री र गृहमन्त्रीसँग भएका सुरक्षा बैठकहरूमा समसामयिक घटनाक्रम र तिनले निम्त्याउन सक्ने सुरक्षा चुनौतीको विश्लेषणमा मात्र छलफल केन्द्रित रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । “शान्ति र सुव्यवस्था कायम राख्ने विषयमा सौहार्दपूर्ण ढंगले छलफल भएको छ । कुनै पनि बैठकमा पक्राउ वा राजीनामासँग सम्बन्धित कुरा उठेको छैन,” विज्ञप्तिमा उल्लेख छ ।

यसअघि सोमबार राति गृह मन्त्रालय र बालुवाटारमा भएको छलफलमा ओली र लेखकविरुद्ध जाहेरी दर्ता गर्ने वा तत्काल पक्राउ गर्ने विषयमा कुराकानी भएको भन्ने समाचार बाहिरिएका थिए । यद्यपि, प्रहरीले यस्ता कुराकानीमा सुरक्षा चुनौतीको विश्लेषण मात्र भएको र कुनै विवादास्पद निर्णय नभएको प्रष्ट पारेको छ ।

“हामी शान्ति र सुव्यवस्था कायम राख्न प्रतिबद्ध छौं । भ्रामक समाचारले जनमानसमा भ्रम सिर्जना गर्न सक्ने भएकाले यथार्थ जानकारीका लागि आधिकारिक स्रोतलाई मात्र आधार मान्न अनुरोध छ,” विज्ञप्तिमा भनिएको छ ।

यो प्रकरणले प्रहरी नेतृत्वमाथि अनावश्यक विवाद सिर्जना भएको भन्दै प्रहरीले सबैलाई तथ्यमा आधारित समाचार प्रवाह गर्न आग्रह गरेको छ ।

सम्बन्धित समाचार

नेपाल–भारत सहकार्यमा प्रसौनिको बेङ्गा साह माविमा विद्यालय तथा पुस्तकालय भवनको शिलान्यास
नेपाल–भारत सहकार्यमा प्रसौनिको बेङ्गा साह माविमा विद्यालय तथा पुस्तकालय भवनको शिलान्यास
  • २०८२ आश्विन २४, १५: ३७

वीरगञ्ज : नेपाल–भारत विकास सहकार्यअन्तर्गत बारा जिल्लाको प्रसौनी गाउँपालिका–२ स्थित श्री बेङ्गा साह माध्यमिक विद्यालय तथा पुस्तकालय भवन निर्माण कार्य...

नयाँ वर्षको पहिलो दिन पशुपतिनाथ मन्दिरमा लाखौं भक्तजनले गरे दर्शन
नयाँ वर्षको पहिलो दिन पशुपतिनाथ मन्दिरमा लाखौं भक्तजनले गरे दर्शन
  • २०८२ आश्विन २४, १५: ३७

काठमाडौं : आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने...

आज नयाँ वर्ष : हर्षोल्लासका साथ मनाइँदै
आज नयाँ वर्ष : हर्षोल्लासका साथ मनाइँदै
  • २०८२ आश्विन २४, १५: ३७

काठमाडौं : आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने...