वर्तमान सरकारले मुलुकलाई मुठभेडतिर लैजान खोजेको एमालेको निष्कर्ष – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

वर्तमान सरकारले मुलुकलाई मुठभेडतिर लैजान खोजेको एमालेको निष्कर्ष

काठमाडौं।नेकपा एमालेले अन्तरिम सरकार निर्वाचन गराउने बाटोमा नभइ मुलुकलाई अनावश्यक तिक्तता, तनाव र मुठभेडतिर लैजान उद्यत रहेको निष्कर्ष निकालेको छ ।शुक्रबार गुण्डुमा बसेको सचिवालय बैठकमा बोल्दै पार्टीका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले यसको अविलम्व अन्त्य गरी सिंगो देशलाई एक ठाउँमा उभ्याउने वातावरण निर्माण हुनुपर्ने बताए ।
पार्टीले छिटै महाधिवेशन गरेर त्यसकै माध्यमबाट अहिले उठेका सबै प्रश्नको जवाफ दिने उनले  बताए । पार्टीलाई नयाँ ढंगले अघि बढाउन छिटै महाधिवेशन गर्नेबारे छलफल भएको जानकारी दिए । मुलुकलाई विभाजित भएको मनिस्थितिलाई जोडेर राष्ट्रिय एकता कायम गर्नेगरी सबै राजनीतिक दलहरूसँग मिलेर एकसाथ अघि बढ्नुपर्ने भए पनि वर्तमान सरकारले त्यसो नगरेको उल्लेख गरे ।

“प्रहरीलाई कुटीकुटी हत्या गर्ने र प्रहरीका हतियार लुट्नेहरूलाई गृहमन्त्रीको दबाबमा सहजै छोडिदिने, शान्तिपूर्ण ढंगले गतिविधि गर्न राजनीतिक पार्टीहरूलाई रोक लगाएकोप्रति एमाले गम्भीर छ,” उनले भने । नेताहरूलाई स्थानहद तोक्ने कुरा पनि गलत भएको उनको भनाइ थियो ।भोली शनिवार बिहान ११ बजेबाट पुनः सुरु हुनेछ ।

बैठकमा जेनजी आन्दोलनको पृष्ठभूमि, अन्तर्य र परिणामबारे सघन छलफल गरिने उल्लेख छ । उनले वर्तमान सरकारले गरेका क्रियाकलापबारे पनि छलफल गरिएको बताए ।

सम्बन्धित समाचार

भारतीय दुतावासले लुम्बिनीमा मनायो बुद्ध जयन्ती
भारतीय दुतावासले लुम्बिनीमा मनायो बुद्ध जयन्ती
  • २०८२ आश्विन २४, २१: ४६

लुम्बिनी : नेपालस्थित भारतीय दूतावासले लुम्बिनीमा बुद्ध जयन्ती मनाएको छ। लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा कार्यक्रम सम्पन्न...

बुद्ध जयन्तीकै दिन भत्काइयो गुम्बा
बुद्ध जयन्तीकै दिन भत्काइयो गुम्बा
  • २०८२ आश्विन २४, २१: ४६

काठमाडौं : खोला किनारका अव्यवस्थित बस्ती हटाउने सरकारी अभियानअन्तर्गत शुक्रबार बिहान बल्खु–टेकु आसपासका क्षेत्रमा डोजर चलाइएको छ । सोही क्रममा बल्खुस्थित साङ्गे...

सुनचाँदीको मूल्य वृद्धि
सुनचाँदीको मूल्य वृद्धि
  • २०८२ आश्विन २४, २१: ४६

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन प्रतितोला रु तीन हजार ४०० र चाँदी रु १३५ ले...