वर्तमान सरकारले मुलुकलाई मुठभेडतिर लैजान खोजेको एमालेको निष्कर्ष – Naya Bikalpa
November 8, 2025, Saturday      Epaper

वर्तमान सरकारले मुलुकलाई मुठभेडतिर लैजान खोजेको एमालेको निष्कर्ष

काठमाडौं।नेकपा एमालेले अन्तरिम सरकार निर्वाचन गराउने बाटोमा नभइ मुलुकलाई अनावश्यक तिक्तता, तनाव र मुठभेडतिर लैजान उद्यत रहेको निष्कर्ष निकालेको छ ।शुक्रबार गुण्डुमा बसेको सचिवालय बैठकमा बोल्दै पार्टीका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले यसको अविलम्व अन्त्य गरी सिंगो देशलाई एक ठाउँमा उभ्याउने वातावरण निर्माण हुनुपर्ने बताए ।
पार्टीले छिटै महाधिवेशन गरेर त्यसकै माध्यमबाट अहिले उठेका सबै प्रश्नको जवाफ दिने उनले  बताए । पार्टीलाई नयाँ ढंगले अघि बढाउन छिटै महाधिवेशन गर्नेबारे छलफल भएको जानकारी दिए । मुलुकलाई विभाजित भएको मनिस्थितिलाई जोडेर राष्ट्रिय एकता कायम गर्नेगरी सबै राजनीतिक दलहरूसँग मिलेर एकसाथ अघि बढ्नुपर्ने भए पनि वर्तमान सरकारले त्यसो नगरेको उल्लेख गरे ।

“प्रहरीलाई कुटीकुटी हत्या गर्ने र प्रहरीका हतियार लुट्नेहरूलाई गृहमन्त्रीको दबाबमा सहजै छोडिदिने, शान्तिपूर्ण ढंगले गतिविधि गर्न राजनीतिक पार्टीहरूलाई रोक लगाएकोप्रति एमाले गम्भीर छ,” उनले भने । नेताहरूलाई स्थानहद तोक्ने कुरा पनि गलत भएको उनको भनाइ थियो ।भोली शनिवार बिहान ११ बजेबाट पुनः सुरु हुनेछ ।

बैठकमा जेनजी आन्दोलनको पृष्ठभूमि, अन्तर्य र परिणामबारे सघन छलफल गरिने उल्लेख छ । उनले वर्तमान सरकारले गरेका क्रियाकलापबारे पनि छलफल गरिएको बताए ।

सम्बन्धित समाचार

मतदाता नामावली संकलन उत्साहजनक : आयोग
मतदाता नामावली संकलन उत्साहजनक : आयोग
  • २०८२ आश्विन २४, २१: ४६

काठमाडौं : आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन  जारी छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा...

नेपालको जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्कालीन कार्यको आह्वान
नेपालको जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्कालीन कार्यको आह्वान
  • २०८२ आश्विन २४, २१: ४६

काठमाडौँ : नेपालले जलवायु परिवर्तनका सम्बन्धमा विश्वसामु साझा सहकार्य, जलवायु न्याय र दिगो भविष्यका लागि तत्कालीन कार्यको आह्वान गरेको छ...

नेपाल दक्षिण अफ्रिकासँग पराजित
नेपाल दक्षिण अफ्रिकासँग पराजित
  • २०८२ आश्विन २४, २१: ४६

काठमाडौं : हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको छ । जितका लागि नेपालले दिएको...