
काठमाडौं।नेकपा एमालेले अन्तरिम सरकार निर्वाचन गराउने बाटोमा नभइ मुलुकलाई अनावश्यक तिक्तता, तनाव र मुठभेडतिर लैजान उद्यत रहेको निष्कर्ष निकालेको छ ।शुक्रबार गुण्डुमा बसेको सचिवालय बैठकमा बोल्दै पार्टीका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले यसको अविलम्व अन्त्य गरी सिंगो देशलाई एक ठाउँमा उभ्याउने वातावरण निर्माण हुनुपर्ने बताए ।
पार्टीले छिटै महाधिवेशन गरेर त्यसकै माध्यमबाट अहिले उठेका सबै प्रश्नको जवाफ दिने उनले बताए । पार्टीलाई नयाँ ढंगले अघि बढाउन छिटै महाधिवेशन गर्नेबारे छलफल भएको जानकारी दिए । मुलुकलाई विभाजित भएको मनिस्थितिलाई जोडेर राष्ट्रिय एकता कायम गर्नेगरी सबै राजनीतिक दलहरूसँग मिलेर एकसाथ अघि बढ्नुपर्ने भए पनि वर्तमान सरकारले त्यसो नगरेको उल्लेख गरे ।
“प्रहरीलाई कुटीकुटी हत्या गर्ने र प्रहरीका हतियार लुट्नेहरूलाई गृहमन्त्रीको दबाबमा सहजै छोडिदिने, शान्तिपूर्ण ढंगले गतिविधि गर्न राजनीतिक पार्टीहरूलाई रोक लगाएकोप्रति एमाले गम्भीर छ,” उनले भने । नेताहरूलाई स्थानहद तोक्ने कुरा पनि गलत भएको उनको भनाइ थियो ।भोली शनिवार बिहान ११ बजेबाट पुनः सुरु हुनेछ ।
बैठकमा जेनजी आन्दोलनको पृष्ठभूमि, अन्तर्य र परिणामबारे सघन छलफल गरिने उल्लेख छ । उनले वर्तमान सरकारले गरेका क्रियाकलापबारे पनि छलफल गरिएको बताए ।
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनका कमजोरीहरूको निष्पक्ष समीक्षा गर्दै इतिहासबाट...
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र मोरक्को अधिराज्यका नेपालका गैरआवासीय राजदूत मोहम्मद मलिकीबीच द्विपक्षीय सम्बन्ध तथा विभिन्न क्षेत्रमा सहकार्य विस्तारका...
काठमाडौं : नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र पर्सामा हालै भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक छानबिन...