दशैँ बिदापछि नेप्से १ सय ६० अङ्कले घट्याे – Naya Bikalpa
October 14, 2025, Tuesday      Epaper

दशैँ बिदापछि नेप्से १ सय ६० अङ्कले घट्याे

काठमाडौँ । सेयर बजार परिसूचकमा आज पनि उच्च गिरावट आएको छ ।आइतबार नेप्से ७८.८३ अंकले घटेर नेप्से २५०३.३५  विन्दुमा पुगेर रोकिएको छ । कारोबारको सुरुवातदेखि नै उच्च अङ्कले घटेको बजार पहिलो २ घण्टासम्म निरन्तर घटेको थियो । यो अवधिमा झण्डै ८७ अङ्क घटेको बजारले २४ सयको लाइन छोएको थियो ।

९ कम्पनीको मूल्य बढ्दा २४२ को घट्यो । सबै सेक्टरका सूचक घटेका छन् ।

आज नेपाल माइक्रो इन्सुरेन्स कम्पनिको सेयर सबैभन्दा बढी ६.०१ प्रतिशतले बढेको छ भने पन्चकन्या माई हाइड्रोको शेयर ४.९० प्रतिशतले बढेको छ । त्यस्तै आज बुटवल पावरको शेयर मुल्य सबैभन्दा बढी ९.२७ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी नेपाल रिइन्सुरेन्स कम्पनिको ३८ करोड ७  लाख र एनएलजी इन्सुरेन्सको ३७ करोड १७ लाख बराबरको कारोबार भएको छ ।आज सबै समूहको शेयर घटेकोमा होटल र अन्य समूहको शेयर ४ प्रतिशतभन्दा धेरै तथा फाइनान्स, जलविद्युत्, लगानी समूहको शेयर ३ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, एनएलजी इन्स्योरेन्स, युनियन हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स र सीईडीबी होल्डिङस् अगाडि रहे ।

सम्बन्धित समाचार

४४ अंक बढ्यो नेप्से, घट्यो कारोबार
४४ अंक बढ्यो नेप्से, घट्यो कारोबार
  • २०८२ आश्विन २६, १६: ४५

 काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्सेसहित सबै समूहगत सूचक बढेका छन् ।नेप्से बढेपनि कारोबार रकम भने अघिल्लो दनिको तुलनामा...

सुनचाँदीको मुल्य आजपनि बढ्यो:तोलाको २ लाख ४० हजार
सुनचाँदीको मुल्य आजपनि बढ्यो:तोलाको २ लाख ४० हजार
  • २०८२ आश्विन २६, १६: ४५

काठमाण्डौ | आज सुनको भाउमा कीर्तिमान कायम भएको छ । आज सुन तोलामा दुई हजार चार सय रुपैयाँले बढेर तोलाको...

सुनको मूल्य तोलामा तीन हजारले वृद्धि
सुनको मूल्य तोलामा तीन हजारले वृद्धि
  • २०८२ आश्विन २६, १६: ४५

काठमाडौँ : गत शुक्रवारको तुलनामा सुनको मूल्य तीन हजारले बढेको छ भने चाँदीको मूल्य पनि ४० ले वृद्धि भएको छ । नेपाल...