सीमानामा भिडन्त हुँदा २३ पाकिस्तानी र ९ अफगानी सेना मारिए – Naya Bikalpa
November 8, 2025, Saturday      Epaper

सीमानामा भिडन्त हुँदा २३ पाकिस्तानी र ९ अफगानी सेना मारिए

काठमाडौं।पाकिस्तानी र अफगानी सेनाबीच सीमाना भएको गोली हानाहानमा दर्जनौं सेना मारिएका छन्।शनिबार राति सीमावर्ती खोस्त, पक्तिका, कुनर, नान्गारहार, पक्तिया र हेलमण्ड क्षेत्रमा पाकिस्तानी र तालिवानी सेनाबीच गोली हानाहान हुँदा दुवै पक्षका सेनाहरू मारिएका हुन्।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार पाकिस्तानका २३ जना र अफगानिस्तानका ९ जना सैनिक मारिएका छन्। यो तथ्यांक दुवै पक्षको सेनाका अधिकारीहरूले जानकारी दिएको भनेर रोयटर्सले लेखेको छ।यद्यपि दुवै पक्षले त्यो भन्दा बढी सेना मारिएको दाबी गरेका छन्।

पाकिस्तानले २ सय जना अफगानी सेना मारिएको दाबी गर्दा अफगानिस्तानले ५९ जना पाकिस्तानी सैनिक मारिएको दाबी गरेको छ।तर यसको स्वतन्त्र पुष्टि नभएको भनेर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले समाचार लेखेका छन्।अफगानिस्तानले गत बिहीबार काबुलमा पाकिस्तानले हवाई हमला गरेको आरोप लगाउँदै सीमानामा उनीहरूको सेनामाथि हमला गरेको बताएको छ।तालिबानले तीनवटा पाकिस्तानी सीमा चौकी नियन्त्रणमा लिएको दाबी गरेको छ भने पाकिस्तानी अधिकारीहरूले पनि कैयौं अफगानी चौकी नष्ट पारिएको बताएका छन्।

यो भिडन्त यसअघि पाकिस्तानले काबुलमा हवाई आक्रमण गरेर पाकिस्तानी तालिबान (टीटीपी) समूहका नेतामाथि लक्षित आक्रमण गरेपछि सुरु भएको हो। भिडन्तपछि पाकिस्तान र अफगानिस्तानले सीमा नाका बन्द गरेका छन्।

सम्बन्धित समाचार

भियतनाममा भीषण बाढीमा परी ३५ जनाको मृत्यू
भियतनाममा भीषण बाढीमा परी ३५ जनाको मृत्यू
  • २०८२ आश्विन २७, ०८: ५८

काठमाडौं।भियतनाममा अविरलको भारी वर्षा र बाढीका कारण भियतनाममा कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।अन्य पाँच जना अझै बेपत्ता छन्...

हमासले जीवित छाड्न लागेका २० जनाको सूचीमा छैनन् विपिन जोशी
हमासले जीवित छाड्न लागेका २० जनाको सूचीमा छैनन् विपिन जोशी
  • २०८२ आश्विन २७, ०८: ५८

काठमाडौँ । इजरायलले गाजामा युद्धविराम लागू गर्ने र बन्धकहरूलाई रिहा गर्ने सम्झौतालाई अनुमोदन गरेको छ ।हमासले मुक्त गराउन लागेको २०...

इसराइल र हमासबीच युद्धविराम सम्झौता
इसराइल र हमासबीच युद्धविराम सम्झौता
  • २०८२ आश्विन २७, ०८: ५८

काठमाडौं। इसराइल र हमासबीच युद्धविराम सम्झौता भएको छ।इजिप्टमा सोमबारदेखि जारी अप्रत्यक्ष वार्तापछि बिहीबार बिहान युद्धविराम सम्झौता भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार...