सीमानामा भिडन्त हुँदा २३ पाकिस्तानी र ९ अफगानी सेना मारिए – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

सीमानामा भिडन्त हुँदा २३ पाकिस्तानी र ९ अफगानी सेना मारिए

काठमाडौं।पाकिस्तानी र अफगानी सेनाबीच सीमाना भएको गोली हानाहानमा दर्जनौं सेना मारिएका छन्।शनिबार राति सीमावर्ती खोस्त, पक्तिका, कुनर, नान्गारहार, पक्तिया र हेलमण्ड क्षेत्रमा पाकिस्तानी र तालिवानी सेनाबीच गोली हानाहान हुँदा दुवै पक्षका सेनाहरू मारिएका हुन्।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार पाकिस्तानका २३ जना र अफगानिस्तानका ९ जना सैनिक मारिएका छन्। यो तथ्यांक दुवै पक्षको सेनाका अधिकारीहरूले जानकारी दिएको भनेर रोयटर्सले लेखेको छ।यद्यपि दुवै पक्षले त्यो भन्दा बढी सेना मारिएको दाबी गरेका छन्।

पाकिस्तानले २ सय जना अफगानी सेना मारिएको दाबी गर्दा अफगानिस्तानले ५९ जना पाकिस्तानी सैनिक मारिएको दाबी गरेको छ।तर यसको स्वतन्त्र पुष्टि नभएको भनेर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले समाचार लेखेका छन्।अफगानिस्तानले गत बिहीबार काबुलमा पाकिस्तानले हवाई हमला गरेको आरोप लगाउँदै सीमानामा उनीहरूको सेनामाथि हमला गरेको बताएको छ।तालिबानले तीनवटा पाकिस्तानी सीमा चौकी नियन्त्रणमा लिएको दाबी गरेको छ भने पाकिस्तानी अधिकारीहरूले पनि कैयौं अफगानी चौकी नष्ट पारिएको बताएका छन्।

यो भिडन्त यसअघि पाकिस्तानले काबुलमा हवाई आक्रमण गरेर पाकिस्तानी तालिबान (टीटीपी) समूहका नेतामाथि लक्षित आक्रमण गरेपछि सुरु भएको हो। भिडन्तपछि पाकिस्तान र अफगानिस्तानले सीमा नाका बन्द गरेका छन्।

सम्बन्धित समाचार

विश्व बजारमा कच्चा तेलको मूल्य उच्चविन्दुमा
विश्व बजारमा कच्चा तेलको मूल्य उच्चविन्दुमा
  • २०८२ आश्विन २७, ०८: ५८

काठमाडौँ। मध्यपूर्वमा बढ्दो तनावका बीच कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्दै प्रति ब्यारेल १२६ डलर नाघेको छ, जुन पछिल्ला चार...

आणविक सम्झौता स्वीकार गर्न इरानलाई ट्रम्पको चेतावनी
आणविक सम्झौता स्वीकार गर्न इरानलाई ट्रम्पको चेतावनी
  • २०८२ आश्विन २७, ०८: ५८

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चाँडै चतुरता देखाउन ९स्मार्ट हुन० र आणविक कार्यक्रमहरूमा कडा नियन्त्रणको माग पूरा गर्न चेतावनी दिएका...

इन्डोनेसियामा रेल दुर्घटना : १४ जनाको मृत्यु, ८४ घाइते
इन्डोनेसियामा रेल दुर्घटना : १४ जनाको मृत्यु, ८४ घाइते
  • २०८२ आश्विन २७, ०८: ५८

काठमाडौँ। इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुईवटा रेल एकापसमा ठोक्किएर दुघर्टना हुँदा १४ जनाको मृत्यु भएको छ । ८४ जना घाइते...