आज धेरै कारोबार भएका कम्पनीमा हिमालयन पावर पार्टनर, युनियन हाइड्रोपावर, राधि विद्युत, बुटवल पावर र एनआरएन इन्फ्रास्ट्रक्चर छन् ।

काठमाडौँ । नेप्सेमा आज हरियाली छाएको छ मंगलबार सेयर बजार ६२.२९ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २५७१ अंकमा कायम भएको छ ।
आज ३१४ कम्पनिका ९२ लाख ४३ हजार ७२३ कित्ता शेयर ४ अर्ब ५७ करोड ३९ लाख ४३ हजार ४०५ मा कारोबार भएको थियो । आज ट्रेडिङ क्षेत्र बाहेक अन्य सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।त्यस्तै, सेन्सेटिभ इन्डेक्स ११.९७ अंक, फ्लोट इन्डेक्स ४.८६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ४.३४ अंकले बढेका छन् । आइतबार सामान्य अंक मात्र बढेको नेप्से यस दिन भने उच्च अंकले वृद्धि भएको हो ।
आज न्यादि हाइड्रो पवार, बुटवल पावर कम्पनी र एक्सेल डेभलप्मेन्ट बैंकको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा पुगेको छ । त्यस्तै, हिमालयन पावर पार्टनरको शेयरमूल्य भने ६.३६ प्रतिशतले घट्दै सर्वाधिक गिरावटमा परेको छ । कारोबार रकमका आधारमा हिमालयन पावर पार्टनर शीर्ष स्थानमा रहेको छ, जसको २४ करोड ९४ लाख ६० हजार रुपैयाँबराबरको कारोबार भएको हो ।
आज धेरै कारोबार भएका कम्पनीमा हिमालयन पावर पार्टनर, युनियन हाइड्रोपावर, राधि विद्युत, बुटवल पावर र एनआरएन इन्फ्रास्ट्रक्चर छन् ।
काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन प्रतितोला रु तीन हजार ४०० र चाँदी रु १३५ ले...
काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुनको मूल्य तोलामा १,८०० रुपैयाँले...