रोहितको शतकमा नेपालद्वारा युएईलाई २३४ रनको लक्ष्य – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

रोहितको शतकमा नेपालद्वारा युएईलाई २३४ रनको लक्ष्य

काठमाडौं।आईसीसी विश्वकप लिग-२ अन्तर्गत जारी युएईविरुद्धको खेलमा नेपालका कप्तान रोहित पौडेलको शतकीय इनिङ्समा नेपालले युएईलाई २ सय ३३ रनको लक्ष्य प्रस्तुत गरेको छ।नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदै २ सय ३३ रनको स्कोर तयार गर्‍यो।
नेपालका लागि कप्तान रोहितले १०९ रनको शतकीय इनिङ्स खेले। तेस्रो नम्बरमा ब्याटिङका लागि आएका रोहितले १३० बलमा ५ चौका र २ छक्काको सहयोगमा १०९ रन बनाएको अवस्थामा जाहिद अलीको बलमा अर्यान्स शर्माद्वारा क्याचआउट भएका थिए। उनको यो एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो शतक हो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि रोहितबाहेक आसिफ शेखले ३५ रन बनाउँदा आरिफ शेखले २७ रन बनाए। त्यस्तै, दिपेन्द्र सिंह ऐरीले २३ रन बनाएका थिए। त्यस्तै, करण केसीले १३ रन बनाए। युएईका लागि जुनिक सिद्धिकीले ३ विकेट लिँदा जाहिद अलीले ४ विकेट हात पारे। त्यस्तै, मुहम्मद रोहिद, हाइदर अली र ध्रुव परासरले १-१ विकेट लिए।

सम्बन्धित समाचार

नेपाल र युएईबीच आज रोमाञ्चक भिडन्त, लिग–२ मा महत्वपूर्ण खेल
नेपाल र युएईबीच आज रोमाञ्चक भिडन्त, लिग–२ मा महत्वपूर्ण खेल
  • २०८२ कार्तिक १३, १६: ३७

काठमाडौँ ।  आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र युएईबीच महत्वपूर्ण खेल हुँदैछ। खेल त्रिवि क्रिकेट मैदान मा बिहान...

डीएलएस प्रणालीका आधारमा घरेलु मैदानमा नेपाल ओमानसँग पराजित
डीएलएस प्रणालीका आधारमा घरेलु मैदानमा नेपाल ओमानसँग पराजित
  • २०८२ कार्तिक १३, १६: ३७

काठमाडौं । ओमानले क्रिकेट विश्वकप लिग–२ मा नेपाललाई डीएलएस प्रणालीका आधारमा १०२ रनले पराजित गरेको छ ।यो जितसँगै ओमानले लिग–२...

ओमानसँग नेपाल पराजित
ओमानसँग नेपाल पराजित
  • २०८२ कार्तिक १३, १६: ३७

काठमाडौं : आइसिसी  विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा...