
काठमाडौं। आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत ओडिआई शृंखलाको आफ्नो दोस्रो खेलमा नेपाल यूएईसँग पराजित भएको छ ।बिहीबार भएको खेलमा नेपाललाई यूएईले ५ विकेटले हराएको हो ।नेपालले दिएको २३४ रनको लक्ष्य यूएईले ४३ ओभर ३ बलमा ५ विकेटको क्षतिमा पूरा गर्यो । यूएईका लागि ओपनर आर्यन्श शर्माले सर्वाधिक ९८ रन बनाए । अलिशान सराफुले ४५ तथा मुहम्मद वासीमले २६ रन बनाए ।
नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ३४ रन दिएर २ विकेट लिए । करण केसी र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान रोहित पौडेलको शतकमा ५० ओभरमा अलआउट हुँदै २३३ रन बनाएको थियो ।रोहितले १३० बलमा १०९ रन बनाए । ओडिआईमा उनको यो दोस्रो शतक हो । त्यस्तै आसिफ शेखले ३५, आरिफ शेखले २७ तथा दीपेन्द्रसिंह ऐरीले २३ रन बनाए ।
यूएईका लागि जाहिद अलीले ६ ओभरमा ४१ रन दिएर ४ विकेट लिए । जुनेद सिद्दिकीले १० ओभरमा ५४ रन दिएर ३ विकेट लिए । मुहम्मद रोहिद र हैदर अलीले १-१ विकेट लिए ।
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र युएईबीच महत्वपूर्ण खेल हुँदैछ। खेल त्रिवि क्रिकेट मैदान मा बिहान...
काठमाडौं । ओमानले क्रिकेट विश्वकप लिग–२ मा नेपाललाई डीएलएस प्रणालीका आधारमा १०२ रनले पराजित गरेको छ ।यो जितसँगै ओमानले लिग–२...
काठमाडौं : आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा...