विश्वकप लिग २ मा नेपालको लगातार चौथो हार – Naya Bikalpa
April 18, 2026, Saturday      Epaper

विश्वकप लिग २ मा नेपालको लगातार चौथो हार

काठमाडौं : आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई)मा भएको त्रिदेशीय शृंखलामा नेपाल जितविहीन बनेको छ ।

बुधबार दुबईको यूएईमा सम्पन्न अन्तिम खेलमा घरेलु टिमसँग चार विकेटको हारसँगै नेपालको यात्रा जितविहीन टुंगिएको हो ।

नेपालले प्रस्तुत गरेको २४० रनको लक्ष्य यूएईले ४९.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । यूएईको जितमा मुहम्मद सहदादले सर्वाधिक ९६ रन बनाए । उनले १२३ बलमा ६ चौका र तीन छक्का प्रहार गरे ।

यस्तै, मुहम्मद वसिमले ७३ बलमा चार चौका र तीन छक्कासहित ७६ रन थपे । यी दुईले ६८–३ को स्थितीबाट १४७ रनको साझेदारी गर्दै यूएईलाई जितनजिक पूर्याएका थिए ।

सोहेब खानले २९, कप्तान आलिसान सराफुले १८ र हर्षिक कौसिकले १३ रन बनाए ।

नेपालका करण केसीले तीन विकेट लिए । नन्दन यादव, ललित राजवंशी र सन्दीप लामिछानेको नाममा समान एक विकेट रह्यो ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २३९ रनको योगफल खडा गरेको थियो ।

यूएईविरुद्ध नेपालका भीम सार्कीले सर्वाधिक ४८ रन बनाए । ६८ बल खेलेका उनले सात चौका प्रहार गरे ।

मध्यक्रमका ब्याटर कुशल मल्लले ५१ बलमा एक चौका र तीन छक्कासहित ४६ रन बनाए ।

ओपनर आसिफ सेखले ४८ बलमा चार चौकासहित ३४ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ३७ रन थप्दा आरिफ सेखको नाममा ३० रन रह्यो । १०औँ नम्बरमा ब्याटिङका निम्ति आएका सन्दीप लामिछानले अविजित १५ रन जोडे ।

कुशल मल्ल र सन्दीप लामिछानले नवौँ विकेटका निम्ति ४२ रनको साझेदारी गरेका थिए ।

यूएईका ध्रुव परासर, मुहम्मद जवादुल्लाह र जुनैद सिद्दिकीले समान दुई विकेट लिए । जाहिद अलीको नाममा एक–एक विकेट लिए ।

यो शृंखलाको यसअघिका तीन खेलमा नेपालले नेपालले अमेरिकासँग १०६, दोस्रो खेलमा यूएईविरुद्ध पाँच र तेस्रो खेलमा पुनः अमेरिकासँग चार विकेटको हार बेहोरेको थियो ।

सम्बन्धित समाचार

लायन्स डिष्ट्रिक्ट ३२५ एफको चौथो कन्भेन्सनसँगै नेतृत्वमा खनाल, सापकोटा र श्रेष्ठको टिमलाई डिजि पिडिजिहरुको समर्थन
लायन्स डिष्ट्रिक्ट ३२५ एफको चौथो कन्भेन्सनसँगै नेतृत्वमा खनाल, सापकोटा र श्रेष्ठको टिमलाई डिजि पिडिजिहरुको समर्थन
  • २०८२ कार्तिक १९, १९: १६

काठमाडौं : लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफको आगामी चैाथो कन्भेनसन र लायन वर्ष २०२६ /०२७ को नेतृत्व चयनका लागि लायन्स...

तातिँदै छ मौसम ,कहाँ कहाँ के रहनेछ
तातिँदै छ मौसम ,कहाँ कहाँ के रहनेछ
  • २०८२ कार्तिक १९, १९: १६

काठमाडौं । देशका केही भूभागमा वर्षा र हिमपात हुँदा केही क्षेत्रमा उच्च गर्मीको सम्भावना छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका...

सर्वोच्चद्वारा गगन थापाकै नेतृत्वलाई आधिकारिकता, देउवा समूहको रिट खारेज
सर्वोच्चद्वारा गगन थापाकै नेतृत्वलाई आधिकारिकता, देउवा समूहको रिट खारेज
  • २०८२ कार्तिक १९, १९: १६

काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता गगन थापाको नेतृत्वलाई दिने निर्वाचन आयोगको निर्णय सदर गरेको छ । सर्वोच्चले शेरबहादुर देउवा र...