
काठमाडौं : स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रु तीन हजार ६०० ले घटेको छ भने चाँदी रु १०५ ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला रु दुई लाख ८३ हजार ५०० र चाँदीको मोल रु चार हजार ४८५ निर्धारण भएको छ ।
हिजो मंगलबार एक तोला सुन रु दुई लाख ८७ हजार १०० र एक तोला चाँदी रु चार हजार ५९० मा खरिदबिक्री भएको थियो ।
त्यसैगरी, गत सोमबार एक तोला सुन रु दुई लाख ८८ हजार ७०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ७३० मा किनबेच भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन चार हजार ६४ र चाँदी ६१ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।
काठमाडौं : विराटनगर महानगरपालिका– १ मा रहेको परोपकार घाटमा मध्यरातमा अश्लील कार्य गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।...
काठमाडौं : तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले तराई भेगका सर्वसाधारणलाई तातोबाट जोगिन र...
चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत आज हुने निर्वाचनमा ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने भएको छ ।...