रास्वपा महाधिवेशन : ८० विद्युतीय उपकरणबाट मतदान – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

रास्वपा महाधिवेशन : ८० विद्युतीय उपकरणबाट मतदान

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत आज हुने निर्वाचनमा ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने भएको छ ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार उम्मेदवारको अन्तिम सूची प्रकाशन भएपछि उपकरणमा उनीहरुको  नाम र तस्बिर राखेर मतदान गराइने छ ।

मध्याह्नदेखि पहिलो चरणको मतदान गर्ने लक्ष्यका साथ आफूहरु खटिइरहेको जानकारी दिँदै उनले नमुना मतदानका निम्ति पाँच वटा उपकरण प्रयोग गरिने बताए ।

निर्वाचनमा ४०० भन्दाबढीले उम्मेदवारी दिएका छन् । विभिन्न ‘क्लस्टर’बाट पनि उम्मेदवार कायम भएकाले मतदानमा अतिरिक्त समय लाग्ने देखिएको छ । मतदान पूरा भएको दुई घण्टाभित्र नतिजा सार्वजनिक गरिने प्रमुख केसीले बताए । पहिलो चरणमा ९९ केन्द्रीय सदस्यका लागि मतदान हुँदैछ ।

सम्बन्धित समाचार

सार्वजनिक स्थलमा अश्लील हर्कत गर्ने ४ जना पक्राउ
सार्वजनिक स्थलमा अश्लील हर्कत गर्ने ४ जना पक्राउ
  • २०८३ असार १०, ११: ५६

काठमाडौं : विराटनगर महानगरपालिका– १ मा रहेको परोपकार घाटमा मध्यरातमा अश्लील कार्य गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।...

तराईमा तापक्रम निरन्तर बढ्दै, सतर्कता अपनाउन आग्रह
तराईमा तापक्रम निरन्तर बढ्दै, सतर्कता अपनाउन आग्रह
  • २०८३ असार १०, ११: ५६

काठमाडौं : तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले तराई भेगका सर्वसाधारणलाई तातोबाट जोगिन र...

सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो
  • २०८३ असार १०, ११: ५६

काठमाडौं : स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रु तीन हजार ६०० ले घटेको छ भने...