कांग्रेसमा फेरिदै समीकरण : गगन थापालाई, फरमुल्लाह मन्सुरले राखे प्रस्ताव भावी प्रधानमन्त्री र सभापति – Naya Bikalpa
November 8, 2025, Saturday      Epaper

कांग्रेसमा फेरिदै समीकरण : गगन थापालाई, फरमुल्लाह मन्सुरले राखे प्रस्ताव भावी प्रधानमन्त्री र सभापति

काठमाडौं । महाधिवेशनको मितिलाई लिएर विवाद चलिरहेका बेला देशकै ठूलो र पुरानो दल नेपाली कांग्रेसमा तीव्र ध्रुवीकरण देखिएको छ ।  आगामी महाधिवेशनमा अहिलेको संस्थापन एकजुट नहुने गरी नेताहरूले समीकरण परिवर्तन गर्ने स्पष्ट संकेतहरू देखिन थालेका छन् ।  नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले भावी सभापतिका रूपमा पार्टीले गगन थापालाई अघि सारेर चुनावमा जानुपर्ने बताएका छन् ।

आज सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सहमहामन्त्री मन्सुरले सकेसम्म नियमित नभए विशेष महाधिवेशन गरेर भए पनि अहिले पार्टीभित्र तथा जनताका बीचमा पनि लोकप्रिय देखिएका गगन थापालाई सभापति बनाएर जानुपर्ने बताएका हुन्।

मंसुरले भने, ‘सकेसम्म नियमित र नभए विशेष महाधिवेशन गरेर भए पनि जानुपर्छ । कांग्रेसका लागि विशेष महाधिवेशन नयाँ होइन, पहिले पनि भएको छ । विशेष महाधिवेशन गरेर भए पनि नयाँ नीति र नेतृत्वमा पार्टी चुनावमा जानुपर्छ ।’

मंसुर कांग्रेसभित्र सदाबहार संस्थापन निकट रहेका नेता हुन् । उनी सुशील कोइराला सभापति हुँदासम्म संस्थापननिकट थिए भने त्यसपछि  पार्टी सत्तामा देउवा आउँदा देउवानिकट भए । देउवाकै समूहबाट उनी सहमहामन्त्री निर्वाचित भएका थिए ।

सम्बन्धित समाचार

मतदाता नामावली संकलन उत्साहजनक : आयोग
मतदाता नामावली संकलन उत्साहजनक : आयोग
  • २०८२ कार्तिक १९, २१: ४९

काठमाडौं : आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन  जारी छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा...

नेपालको जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्कालीन कार्यको आह्वान
नेपालको जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्कालीन कार्यको आह्वान
  • २०८२ कार्तिक १९, २१: ४९

काठमाडौँ : नेपालले जलवायु परिवर्तनका सम्बन्धमा विश्वसामु साझा सहकार्य, जलवायु न्याय र दिगो भविष्यका लागि तत्कालीन कार्यको आह्वान गरेको छ...

नेपाल दक्षिण अफ्रिकासँग पराजित
नेपाल दक्षिण अफ्रिकासँग पराजित
  • २०८२ कार्तिक १९, २१: ४९

काठमाडौं : हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको छ । जितका लागि नेपालले दिएको...