कांग्रेसमा फेरिदै समीकरण : गगन थापालाई, फरमुल्लाह मन्सुरले राखे प्रस्ताव भावी प्रधानमन्त्री र सभापति – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

कांग्रेसमा फेरिदै समीकरण : गगन थापालाई, फरमुल्लाह मन्सुरले राखे प्रस्ताव भावी प्रधानमन्त्री र सभापति

काठमाडौं । महाधिवेशनको मितिलाई लिएर विवाद चलिरहेका बेला देशकै ठूलो र पुरानो दल नेपाली कांग्रेसमा तीव्र ध्रुवीकरण देखिएको छ ।  आगामी महाधिवेशनमा अहिलेको संस्थापन एकजुट नहुने गरी नेताहरूले समीकरण परिवर्तन गर्ने स्पष्ट संकेतहरू देखिन थालेका छन् ।  नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले भावी सभापतिका रूपमा पार्टीले गगन थापालाई अघि सारेर चुनावमा जानुपर्ने बताएका छन् ।

आज सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सहमहामन्त्री मन्सुरले सकेसम्म नियमित नभए विशेष महाधिवेशन गरेर भए पनि अहिले पार्टीभित्र तथा जनताका बीचमा पनि लोकप्रिय देखिएका गगन थापालाई सभापति बनाएर जानुपर्ने बताएका हुन्।

मंसुरले भने, ‘सकेसम्म नियमित र नभए विशेष महाधिवेशन गरेर भए पनि जानुपर्छ । कांग्रेसका लागि विशेष महाधिवेशन नयाँ होइन, पहिले पनि भएको छ । विशेष महाधिवेशन गरेर भए पनि नयाँ नीति र नेतृत्वमा पार्टी चुनावमा जानुपर्छ ।’

मंसुर कांग्रेसभित्र सदाबहार संस्थापन निकट रहेका नेता हुन् । उनी सुशील कोइराला सभापति हुँदासम्म संस्थापननिकट थिए भने त्यसपछि  पार्टी सत्तामा देउवा आउँदा देउवानिकट भए । देउवाकै समूहबाट उनी सहमहामन्त्री निर्वाचित भएका थिए ।

सम्बन्धित समाचार

बुद्ध जयन्तीकै दिन भत्काइयो गुम्बा
बुद्ध जयन्तीकै दिन भत्काइयो गुम्बा
  • २०८२ कार्तिक १९, २१: ४९

काठमाडौं : खोला किनारका अव्यवस्थित बस्ती हटाउने सरकारी अभियानअन्तर्गत शुक्रबार बिहान बल्खु–टेकु आसपासका क्षेत्रमा डोजर चलाइएको छ । सोही क्रममा बल्खुस्थित साङ्गे...

सुनचाँदीको मूल्य वृद्धि
सुनचाँदीको मूल्य वृद्धि
  • २०८२ कार्तिक १९, २१: ४९

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन प्रतितोला रु तीन हजार ४०० र चाँदी रु १३५ ले...

बल्खुमा चल्यो डोजर
बल्खुमा चल्यो डोजर
  • २०८२ कार्तिक १९, २१: ४९

काठमाडौँ : सरकारले दोस्रो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमबासीमा डोजर चलाउन थालेको छ । अहिले...