
काठमाडौं । महाधिवेशनको मितिलाई लिएर विवाद चलिरहेका बेला देशकै ठूलो र पुरानो दल नेपाली कांग्रेसमा तीव्र ध्रुवीकरण देखिएको छ । आगामी महाधिवेशनमा अहिलेको संस्थापन एकजुट नहुने गरी नेताहरूले समीकरण परिवर्तन गर्ने स्पष्ट संकेतहरू देखिन थालेका छन् । नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले भावी सभापतिका रूपमा पार्टीले गगन थापालाई अघि सारेर चुनावमा जानुपर्ने बताएका छन् ।
आज सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सहमहामन्त्री मन्सुरले सकेसम्म नियमित नभए विशेष महाधिवेशन गरेर भए पनि अहिले पार्टीभित्र तथा जनताका बीचमा पनि लोकप्रिय देखिएका गगन थापालाई सभापति बनाएर जानुपर्ने बताएका हुन्।
मंसुरले भने, ‘सकेसम्म नियमित र नभए विशेष महाधिवेशन गरेर भए पनि जानुपर्छ । कांग्रेसका लागि विशेष महाधिवेशन नयाँ होइन, पहिले पनि भएको छ । विशेष महाधिवेशन गरेर भए पनि नयाँ नीति र नेतृत्वमा पार्टी चुनावमा जानुपर्छ ।’
मंसुर कांग्रेसभित्र सदाबहार संस्थापन निकट रहेका नेता हुन् । उनी सुशील कोइराला सभापति हुँदासम्म संस्थापननिकट थिए भने त्यसपछि पार्टी सत्तामा देउवा आउँदा देउवानिकट भए । देउवाकै समूहबाट उनी सहमहामन्त्री निर्वाचित भएका थिए ।
काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सुकुम्वासीका समस्या समाधानमा सरकार गम्भीर...
हेटौंडा : बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रिपरिषद् विस्तार गरेका छन् । बागमती सरकारकी भौतिक पूर्वाधार विकास मन्त्री बिनु...
काठमाडौं : नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको विषयमा व्यवसायीसँग छलफल गरेका छन् ।...