११ अंक घट्यो नेप्से, कारोबार रकम भने बढ्यो – Naya Bikalpa
December 15, 2025, Monday      Epaper

११ अंक घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । विहिबार नेप्से ११.२९ अंकले घटेर २५९६.१२ विन्दुमा पुगेर रोकिएको छ । यसअघि बुधबारको कारोबारमा दोहोरो अंकले बढेर २६०७.४२ बिन्दुमा राकिएको नेप्से आज घटेर बन्द भएको हो ।

यस दिन कारोबारमा आएकामध्ये ७७ कम्पनीको सेयर मूल्य बढ्दा १६५ वटाको घट्यो । ९ वटा कम्पनीको सेयर मूल्य स्थिर रहृयो । यसरी सेयरमूल्य बढ्ने कम्पनी घट्नेभन्दा कम भएपछि बिहीबार समग्र नेप्से दोहोरो अंकले ओरालो लागेको हो ।

सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इण्डेक्स क्रमशः २.०८, ०.८१ र ०.७६ अंकले घटेका छन् । यसदिन सूचक घटेपनि कारोबार रकम भने बढेको छ । बुधबार ४ अर्ब ६८ करोड १९ लाख रुपैयाँ बराबरको ९२ लाख १८ हजार कित्ता शेयर किनबेच भएको बजारमा आज ३२० स्टकको ५ अर्ब ४१ करोड ६९ लाख ३९ हजार ३ सय ५७ रुपैयाँ बराबरको १ करोड ८ लाख ६८ हजार १४६ कित्ता शेयर कारोबार भएको छ ।

आजको बजारमा पहिलोदिन कारोबार भएको दरमखोला इनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेर प्रतिकित्ता ४४२.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यस्तै माबिलुङ इनर्जीको शेयर मूल्यपनि सकारात्मक सर्किट लेभलमा कारोबार भएर प्रतिकित्ता ४२२.७० रुपैयाँमा अन्तिम करोबार भएको छ ।

बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन र सामूहिक लगानी कोषबाहेक सबैको परिसूचक घटेपछि समग्र नेप्से दोहोरो अंकले ओरालो लागेको हो ।

सम्बन्धित समाचार

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र
चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र
  • २०८२ कार्तिक २०, १६: ३४

काठमाडौं : केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ...

नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम भने घट्यो
नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम भने घट्यो
  • २०८२ कार्तिक २०, १६: ३४

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ भने कारोबार रक...

नेप्से परिसूचक दोहोरो अंकले घट्यो
नेप्से परिसूचक दोहोरो अंकले घट्यो
  • २०८२ कार्तिक २०, १६: ३४

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १२ दशमलव ५० अंकले घटेर...