
काठमाडौं : भारतको नयाँदिल्लीस्थित लाल किल्ला मेट्रो स्टेशननजिक कारमा विस्फोट भएको छ । विस्फोट परेर ठूलो संख्यामा मानवीय क्षति भएको आशंका भारतीय अधिकारीहरूले गरेका छन । कम्तीमा ८ जनाको मृत्यु भएको र २० भन्दा बढी घाइते भएका विवरण सार्वजनिक भएको छ ।
कांग्रेसका प्रवक्ता पवन खेडाका अनुसार मेट्रो स्टेशननजिक रोकिराखेको एक कारभित्र विस्फोट भएको हो । उनले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन् । यो दुखःद घडीमा शोकाकुल परिवारप्रति साथमा रहेको भन्दै उनले सरकारलाई घटनाको निश्पक्ष अनुसन्धान गर्न आग्रह गरेका छन् ।
अग्नि नियन्त्रक अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार कारमा भयानक विस्फोट भएको हो । त्यसपछि आसपास रहेका अन्य केही गाडीमा आगो लागेको छ ।
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...
काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...