बंगलादेशसँग बरावरीमा रोकियो नेपाल – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

बंगलादेशसँग बरावरीमा रोकियो नेपाल

काठमाडौं।इन्जुरी समयमा रक्षक अनन्त तामाङले गोल गरेपछि नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशसँग हार टारेको छ ।इन्जुरी समयको तेस्रो मिनेटमा अनन्तले उत्कृष्ट फिल्क गोल गरेपछि नेपालले बंगलादेशलाई उसैको मैदानमा २–२ को बराबरीमा रोकेको हो ।
खेलमा नेपालले सुरुआती अग्रता बनाए पनि त्यसलाई जोगाउन सकेन । २९औँ मिनेटमा रोहित चन्दको गोलमा नेपालले अग्रता बनाएको थियो । तर, ४६औँ मिनेटमा हम्जा चौधरीले गोल गरेपछि बंगलादेश खेलमा फर्किएको थियो । हम्जाले उत्कृष्ट ‘एक्रोबेटिक’ गोल गर्दै घरेलु समर्थकमाझ बंगलादेशलाई खेलमा फर्काएका थिए । त्यसको चार मिनेटपछि नै हम्जाकै गोलमा बंगलादेशले २–१ को अग्रता बनायो । हम्जाले पेनाल्टीमार्फत गोल गरे ।

तर, इन्जुरी समयमा अनन्तले ‘फिल्क’ गोल गरेपछि नेपाल खेलमा फर्किएको हो । दिनेश हेन्जनले गरेको कर्नरलाई अनन्तले जाली चुमाएका हुन् ।

सम्बन्धित समाचार

नेपाल र युएईबीच आज रोमाञ्चक भिडन्त, लिग–२ मा महत्वपूर्ण खेल
नेपाल र युएईबीच आज रोमाञ्चक भिडन्त, लिग–२ मा महत्वपूर्ण खेल
  • २०८२ कार्तिक २८, ०९: ३९

काठमाडौँ ।  आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र युएईबीच महत्वपूर्ण खेल हुँदैछ। खेल त्रिवि क्रिकेट मैदान मा बिहान...

डीएलएस प्रणालीका आधारमा घरेलु मैदानमा नेपाल ओमानसँग पराजित
डीएलएस प्रणालीका आधारमा घरेलु मैदानमा नेपाल ओमानसँग पराजित
  • २०८२ कार्तिक २८, ०९: ३९

काठमाडौं । ओमानले क्रिकेट विश्वकप लिग–२ मा नेपाललाई डीएलएस प्रणालीका आधारमा १०२ रनले पराजित गरेको छ ।यो जितसँगै ओमानले लिग–२...

ओमानसँग नेपाल पराजित
ओमानसँग नेपाल पराजित
  • २०८२ कार्तिक २८, ०९: ३९

काठमाडौं : आइसिसी  विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा...