नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रकरण : छानबिन समितिले बुझायो प्रतिवेदन – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रकरण : छानबिन समितिले बुझायो प्रतिवेदन

काठमाडौं : नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रकरणका सम्बन्धमा गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ । छानबिन समितिका संयोजक पूर्वसचिव मणिराम गेलालले बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई उक्त प्रतिवेदन हस्तान्तरण गरेका हुन । प्रतिवेदन बुझ्दै मन्त्री खरेलले मन्त्रालयको आन्तरिक प्रयोजनका लागि समिति गठन गरिएको उल्लेख गर्दै प्रतिवेदनका आधारमा नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रक्रिया अवरुद्ध नहुने बताए ।

‘नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रक्रियामा प्रतिवेदन आफैले अवरोध गर्दैन, नेपाल टेलिकम कानूनको परिधिभित्र रहेर निर्णय गर्नका लागि स्वतन्त्र छ’, उनले भने । मन्त्री खरेलले बिलिङ खरिद प्रक्रियाका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट समेत चासो राख्दै पत्र प्राप्त भएकाले सन्दर्भ सामग्रीका रुपमा अध्ययन प्रतिवेदन तयार पारिएको बताए । आफूले भर्खरै प्रतिवेदन प्राप्त गरेको र अध्ययनको चरणमै रहेकोउ उनको भनाइ थियो । प्रतिवेदनले दिएका सुझावहरु आगामी दिनमा खरिद प्रक्रियाका लागि सहयोगी हुने मन्त्री खरेलले बताए ।

छानबिन समितिका संयोजक पूर्वसचिव गेलालले यस अध्ययन प्रतिवेदनले नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रक्रियामा भएका गोप्य बोलपत्र मूल्यांकनलाई प्रभावित नहुने स्पष्ट पारे ।

‘हामीले प्रतिवेदनमार्फत नेपाल टेलिकमले प्रतिष्पर्धी बजारमा आफूलाई स्थापित गराउन र सेवाग्राहीका व्यक्तिगत विवरणको गोपनीयता तथा सुरक्षाका सम्बन्धमा केही सुझाव पनि दिएका छौं’, उनले भने ।

पूर्वसचिव गेलाल संयोजक रहेको छानबिन समितिको सदस्यहरुमा सहसचिवत्रय गौरव गिरी, आदेश खड्का र  कृष्ण पन्त, दूरसञ्चार प्राधिकरणका उपनिर्देशक प्रदीप पौडेल, नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका प्रबन्धक डा. कमल लामिछाने र मन्त्रालयका उपसचिव राजेश थापा रहेका थिए ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०८२ मंसिर ४, २१: ०९

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०८२ मंसिर ४, २१: ०९

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०८२ मंसिर ४, २१: ०९

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...